काठमाडाैँ । धादिङको निलकण्ठ नगरपालिका ५ खाल्टेमा मिनिट्रकबाट दुर्घटना भएको छ । स्थानीय पतेनीबाट राम्चे गइरहेको मल बोकेको ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको स्थानीय शिक्षक रामप्रसाद अधिकारीले जानकारी दिए ।
घटनास्थलमा रहेका शिक्षक अधिकारीकाअनुसार ट्रकमा ९ जना सवार थिए । दुर्घटनाका कारण ट्रक क्षतविक्षत भएको छ । ‘दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएको छ,’ अधिकारीले सिधाकुरासँग भने, ‘अहिल्यै ठ्याक्कै भन्न सकिन घटनास्थल विभत्स छ । हामी उद्धारमा जुटिरहेका छौँ ।’
निलकण्ठ नगरपालिका ५ का वडा अध्यक्ष रामबहादुर श्रेष्ठले दुर्घटनामा १ जनाको मृत्यु भएको पुष्टि गरे । 'एक जनाको मृत्यु भएको छ, ८ जना घाइते भएका छन् । थप विवरण लिने कार्य भइरहेको छ,' उनले भने ।