काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रहरीको विशेष ब्युरोबाट डीआइजी मनोज केसीको सरुवा किन गरेको भनी सरकारसँग जवाफ माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा लिएर बोल्दै सांसद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे रु यस अघिको सरकार ढाल्न जुन आशङ्का गरिएको थियो सोही प्रयोजनका आधारमा अहिले सरकारले काम गरिरहेको आरोप पनि सांसद ढकालले लगाए । उनले काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा लक्षित गर्दै डीआइजी के सी सरुवाको जवाफ दिन सक्नु हुन्छ भन्दै प्रश्न गरे ।
‘डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो रु विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन रु के का लागि रु’ सांसद ढकालले भने, ‘यस अघि प्रहरी निरीक्षक सरुवा गर्दा एक जना महामन्त्री जी ले के लेख्नु भएको थियो रु उहाँले आज यहाँ डीआईजी केसी प्रकरणबारे जवाफ दिन सक्नुहुन्छ रु’
रास्वपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन क्रममा बेचैन झा पक्राउ परेपछि सरकार ढलेको बताउँदै आएको छ । केपी ओली नेतृत्वको सरकारले विश्वासको मत पाएको दोस्रो दिन अर्थात ९ साउनमा गृहमन्त्री रमेश लेखकले डीआइजी केसीको मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरेका थिए । बेचैन झा पक्राउ गर्ने विशेष ब्युरोको प्रमुखबाट हटाएर केसीलाई तालिम केन्द्रमा पठाइएको छ ।