काठमाडौं । दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा अडकिएका १४ वटा मध्ये १३ खच्चरको अझै उद्धार हुन सकेको छैन् । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न आउँदै गरेका खच्चरहरु झोलुङ्गे पुलको लठ्ठा चुँडिदा खच्चर पुलमै अडकिएका हुन् ।
स्थानीय प्रत्यक्षदर्शी रोबिन सञ्ज्यालकाअनुसार पुलको एकातर्फको फलामे लठ्ठा चुँडिदा खच्चर पुलमै अडकिएका हुन् । घटना आइतबार बिहान साढे नौ बजेतिरको हो ।
एउटा लठ्ठा चुँडिदा तेस्रो परेको जालीमा खच्चर फसेका छन् । तीन घण्टा देखि उद्धार नपाएको खच्चरहरु छटपटाई रहेका छन् । एक खच्चरको भने उद्धारकाे थियाे ।