शनिबार एकै दिन विभिन्न सडक दुर्घटनामा २२ जनाले ज्यान गुमाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
शनिबारका चार दुर्घटनाः २० जनाले ज्यान गुमाए, ३३ जना घाइते
दुर्घटनाका भौतिक र प्राविधिक त्रुटीहरू पत्ता लगाई दीर्घकालीन समाधानका उपाय खोज्ने कार्यादेशसहित मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार कार्यदलमा संघीय सडक सुपरीवेक्षण कार्यालय सुर्खेतका श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यालय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश श्रेष्ठ सदस्य सचिव रहेका छन् ।
चन्द्रागिरि दुर्घटना : घुम्तीको एउटा ढुङ्गोले खोसेको डा.सृष्टिको सर्वश्व
कार्यदलले विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन, सडक दुर्घटनाका कारण तथा सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्ने जनाइएको छ ।
कार्यदललाई सडक दुर्घटना न्यूनीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू पनि सुझाउन भनिएको विष्टले बताए । कार्यदलले आगामी साताबाट काम गर्ने विष्टले बताए ।
श्रीमानको जन्मघर हेर्न बेलायतबाट बागलुङ पुगेकी सञ्जिता, जसको सपना प्याङ्खोलामा अस्तायो