![]( https://sidhakura.com/content/upload/post_image/hp-prachandajpgmpckevhhq.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले कहिल्यै सरकार ढाल्छु नभनेको स्पष्ट पारेका छन् । उनल यो सरकार अप्राकृतिक भएकोले कुन दिन आफ्नै बोझले ढल्छ भनेको स्पष्ट पारेका हुन् । प्रतिनिधिसभाको बैठकमा अभिव्यक्ति दिदै प्रधानमन्त्रीले सधैँ समयमै प्रधानमन्त्री पद शेरबहादुर देउवालाई बुझाउँछु भन्न आवशयक नरहेको पनि बताए ।
उनले भने, ‘तपाईँहरुसँग विश्वास छ भने दिन दिनै म यति महिनापछि शेरबहादुर जी लाई प्रधानमन्त्री छोड्छु, भनेको भन्दा ७ दिन अगाडि छोड्छु् भनेर प्रधानमन्त्रीजीले पटक पटक भन्नुपर्छ त ? तपाईँहरुका आपसमा साँच्चै विश्वाभए । हरेक ठाउँमा भनिरहनुपर्ने, शेरबहादुरजीलाई म समयमै छोड्छु । के शेरबहादुरजीले सुन्नुहुन्न र ? शेरबहादुरजीको कना र आँखा तगडा छन् । धेरैपटक भन्न पर्दैन । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु । मैले यत्रि भन्ने गरेको छु, सरकार प्राकृति छैन, संवैधानिक पनि छैन, पारदर्शी पनि छैन त्यसकार यो आफ्नै बोझले ढल्छ मात्रै भनेको हो । ढालछु भनेको कहिल्यै पनि छैन मैले । हेक्का रहोस् । त्यसैले हाम्रो कारणले तपाईँहरुले एकअर्काको कुसी मिलाईराख्नुपर्दैन । एकैठाउँमा राखेर हामी एक छौँ भनेर देखाईराख्नुपर्दैन ।’