जनकपुरधाम । मधेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका छन् । नव नियुक्त मन्त्री यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकि हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका सरोज यादवलाई मन्त्रीमा नियुक्त गरि एमालेलाई सरकारमा भित्र्याएका हुन् ।