काठमाडौँ । काठमाडौँ । विजय दशमीको अष्टमी र नवमीको दिनमा राजधानीमा न्यून मात्रामा सवार चलिरहेका छन् । राजधानीको दरबारमार्ग, रत्नपार्क, भद्रकाली, सिंहदरबार, बानेश्वर, कोटेश्वर, बालकुमारी लगायत क्षेत्रका सडक सुनसान छन् । दसैँ मान्न एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएपछि काठमाडौँ सुनसान बनेका छ ।
अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले बताए । अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।