दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन । प्रदेश प्रमुखको कार्यालय बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री महराले मुख्यमन्त्री पद तथा गोपनियताको सपथ लिएका हुन ।
साथै मुख्यमन्त्री महराको सिफारिसमा प्रदेश प्रमुख शेरचनले आजै प्रदेश सरकारमा थप तीन जना बिना बिभागिए मन्त्री नियुक्त गर्दै सपथ समेत खुवाएका छन् । जसमा नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन ९सिजल०ले मन्त्री पदको सपथ ग्रहण गरेका हुन ।
महरालाई एमाले, माओवादी, जसपा, लोसपा, नउपा सहित एक जना स्वतन्त्र सांसदले समर्थन जनाएको महराको दाबी छ ।
लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए। महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन् । महरा लुम्बिनी प्रदेशका पाँचौ मुख्यमन्त्री हुन् ।
नयाँ सत्ता समिकरणबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा महरा रहेको उनी निकट स्रोतले बताएको छ ।