२ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमै पुरा गर्यो । यद्यपी सो क्रममा नेपालले ४ विकेट गुमायो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो ।
हङकङका लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ बनाए । त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुईरदुई विकेट लिए ।
कुशल मल्ल र श्याम ढकाल (मौसम)ले समान एक÷एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९युएई०लाई सात विकेटले पराजित गरेको थियो ।