कर्णाली प्रदेशका प्रहरीले ड्युटीको समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।
प्रहरीबाट उच्च जिम्मेवारीका साथ कर्तव्य पालना होस् भन्ने हेतुले मोबाइल फोल चलाउन रोक लगाइएको कर्णाली प्रदेश प्रहरीले बताएको छ । मोबाइल चलाउँदा सुरक्षा प्रदान गर्न बसेका प्रहरीहरुको मन एकतृत नभइ मोबाइलमै जाने र त्यसले सुरक्षा प्रदान गर्न शतप्रतिशत सफल नहुने भएकाले ड्युटिमा फोन प्रयोग गर्नमा बन्द गरिएको हो ।
कर्णाली प्रदेशका प्रहरीका यो नियम लागू हुने बताइएपनि टोली कमाण्डरका हकमा भने उक्त नियम लागू नहुने प्रहरीले बताएको छ । आफू मातहतका क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या वा काम भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गर्न यो व्यवस्था गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम प्रसाद ढकालले बताए ।
त्यस्तै ड्युटि समयमा मोबाइल फोन प्रयोग नगर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले सबै जिल्ला, गण, तालिम केन्द्र, इलाका, चौकीसम्म परिपत्र गरेको छ।