पठाओ, इनड्राइभजस्ता अनलाइन राइड सेयरिङ एप अफलाइनमा चलाउने ८३ जना चालकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
कानुनविपरित अफलाइनमा यात्रु बोकेका कारण उनीहरुलाई सोमबार काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनाधिकृत तवरले सर्वसाधारणहरुलाई ओसारपसार गर्ने क्रियाकलापमा संलग्न ८३ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेल बताए ।
अफलाइनमा यात्रु बोक्दा विगतका दिनहरुमा विभिन्न आपराधिक घटनाहरु घटेको साथै सर्वसाधारणबाट आएको गुनासोका आधारमा उपत्यकाका विभिन्न स्थानमा प्रहरीले अफलाइनमा यात्रु बोक्ने बाइक चालकलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै अफलाइनमा पठाओ र इनड्राइभमा समेत यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।