१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेका छन् ।
६० किलो सुन प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने बिषयमा दलहरुबिच विवाद छ । एमालले भदौ ५ गतेको सहमित अनुसार आयोगलाई कार्यादेश दिनु पर्ने अडान राख्दै आएको छ भने सत्तारुढ माओवादी र नेपाली कांग्रेसले आयोगलाई सैद्दान्तिक विषयमा मात्रै जाँचबुझ गर्न कार्यादेश दिन सकिने बताउँदै आएको छ।
निर्धातिर समयमा आयोग नबनेपछि आयोग गठन नहुँदासम्म संसद चल्न नदिने एमालले निर्णय गरेको छ । आज दिउसो १ बजे संसदमा शिक्षा विद्येयक पेश गर्ने कार्यसुचि छ । उक्त बैठक सञ्चालनका लागि प्रधानमन्त्री प्रचण्डले एमालेसँग छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।