जाजरकोट ।
‘म पुरिएको थिएँ । विदेशमा हुनुभएको बाबालाई फोन गरेपछि अरु मान्छेहरु आएर मलाई बाहिर निकाले ।’ – ७ वर्षिय बालिका
‘भर भत्कियो, परिवारका सदस्य मरे, अर्काको घरमा बसेको छु, खानेकुरा सबै पुरियो, सानी छोरी छ । मैले छोरी कसरी पाल्नु ?’ – एक आमाको रोदन
भूकम्पका कारण यतिबेला जाजरकोट र रुकुमपश्चिम थलिएको छ । राहत सामग्री वितरणको कार्य भईरहेको भएपनि पर्याप्त भएको छैन । भुकम्पमा परिवार गुमाएका र घरबार बिहिन भएकाहरुको पीडा र समस्या वर्णन गरिसाध्य छैन । १५७ जनाको ज्यान लिएको भूकम्पले घर बस्न लायक छोडेको छैन । भएको अन्न सबै भत्किएको घरमा पुरिए । लत्ता कपडा पनि त्यहीँ पुरियो ।पीडितहरु पाल टाँगेर बसेका छन् । कोहीसँग त्यही पाल पनि छैन । न्यानो कपडा छैन । पेट भर्ने खाना पनि छैन ।
सिधाकुरा टिमले ‘ग्राउण्ड जिरो जाजरकोट’मा यहाँका भूकम्प पीडितहरुको अवस्था, उनीहरुको भोगाई र उनीहरुको आवश्यकताबारे जस्ताको तस्तै दृश्य कैद गरि दर्शकहरुसमक्ष प्रस्तुत गरेको ।
यस्तो छ खण्डहर बनेको जाजरकोटको वास्तविक अवस्था ।