काठमाडौँ । चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुटेपछि सेवा अवरुद्ध भएको छ । दिउँसो साढे २ बजेबाट केबलकार अवरुद्ध भएपछि चन्द्रागिरी हिल्स उक्लिएका एक हजार जना सर्वसाधारणहरू अलपत्र परेका छन् ।
थानकोट प्रहरीकाअनुसार केबलकारको पाइप फुटेपछि अलपत्र परेका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणाली प्रयोग गरेर उद्धार गरिएको थियो। तर, माथि उक्लिइसकेका यात्रुहरू भने अझै अलपत्र छन् ।
‘दिउँसो साढे २ बजेबाट केबलकारमा समस्या आएको हो,’ थानकोट प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्म केबलकार सञ्चालनमा आएको छैन् । हाइड्रोलिक केबल फुटेपछि त्यसको मर्मत भइरहेको केबलकारले जनाएको छ ।’
अद्यावधिक हुँदै गरेको समाचार...
-
pomukechang 3 days agoआज २०८१/०९/१५ गते सोमबार ठिक २:३० बजे ताप्लेजुङ जिल्लामा भड्किरहेको केवलकार हटाउ अभियानको आन्दोलनले APF को घेरा तोडेर जुलुस संगै कोणसभा गरेको समयमा उता चन्द्रागिरी केवलकार मा दुर्घटना भएको छ। यो अदम्य अलौकिक मुन्धुमी शक्तिपिठ मुक्कुम्लुङ्मायुमामाङ पबित्र देबि पाथीभराको प्रत्येक्ष संकेत हो। चन्द्र ढकालले ताप्लेजुङबाट पाथीभरा केवलकार नउठाएमा अब धेरै ठुलो क्षतिको सामना गर्नुपर्ने प्रष्ट छ।