आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाइलाई ओलीबाटै एमालेमा भव्य स्वागत, मधेशका एमालेमा त्रास

जियालाल साह

पर्सा । पुस १४ गते प्रधानमन्त्री केपी शर्मा ओली पर्सामा आयोजित भव्य नागरिक अभिनन्दन र पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । एमालेकातर्फबाट सरकारमा सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको क्षेत्रमा भएको सो कार्यक्रममा प्रधानमन्त्रीलाई एक सय र ८० किलोको गरेर दुई वटा ठूला माला लगाएर अभिनन्दन पनि गरियो । 


पर्सा एमालेका नेताहरूको दाबीलाई मान्ने हो मधेशको इतिहासमै यो हालसम्मको ठूलो र भव्य पार्टी प्रवेश कार्यक्रम हो । सो कार्यक्रममा १० हजार बढी सहभागी भएको आयोजकको दाबी छ ।   

पूर्व निर्धारित कार्यक्रम अन्तर्गत दुई जना ठूलै नेतालाई एमाले पार्टीमा प्रवेश गराउन प्रधानमन्त्री ओलीको भ्रमण तय भएको थियो । सोही बमोजिम कार्यक्रममा प्रधानमन्त्रीले फूल माला र अबिर लगाएर पर्सा क्षेत्र नम्बर ३ (क) का प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उनका भाइ प्रदिप जयसवाललाई एमालेमा भित्र्याए । प्रदीप जयसवाल सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन् । सो कार्यक्रममा सयौँ मानिसहरू एमाले प्रवेश गरेको भनिएको छ । तर, त्यो सङ्ख्या कति हो भन्ने यकिन भइसकेको छैन ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमाले भन्ने बितिक्कै पृथक देखिनुपर्छ भन्ने भाषण गरे । उनले भनेका थिए ‘एमाले भनेकै यिनीहरू  हुन भन्ने जस्तो देखिनुपर्छ,’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने । प्रधानमन्त्री सहभागी कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । प्रधानमन्त्री काठमाडौँ फर्किए । तर, उनले एमाले भनेकै पृथक हुनुपर्छ भन्दै पार्टी प्रवेश गराएका मध्येका दुई प्रमुख व्यक्ति विवादास्पद पृष्ठभूमिका रहेको खुलेको छ । 


पर्साको पार्टी कार्यक्रममा मुख्य आयोजक दाजु भाइ प्रमोद जयसवाल र प्रदिप जयसवाल हुन् । मधेश सरकारका खेलकुद मन्त्रीसमेत रहेको प्रमोद अहिले पनि ज्यान मार्ने उद्योगको मुद्दा खेपिरहेका छन् र उनका सहोदर भाइ प्रदीप जयसवाल वन्यजन्तु चोरी शिकारीमा मुछिएर कही समय अघि विवादास्पद सफाइ पाएका पात्र हुन् । गम्भीर प्रकृतिका आपराधिक घटनामा अझ त्यो पनि एमालेकै नेता कार्यकर्तामाथि भएको अपराधमा संलग्नलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्षले नै पार्टीमा भित्र्याएपछि मधेश भित्र एमालेका पुराना नेता कार्यकर्ताहरू त्रास पैदा भएको बताउन थालेका छन् ।   

पहिले मन्त्री, अहिले पार्टी प्रवेश  

२०८० चैतमा सङ्घको कांग्रेस माओवादी गठबन्धनको सरकार ढलेपछि एमाले, माओवादी र रास्वपा सहितको नयाँ सरकार बन्यो । त्यसको प्रभाव मधेश सरकारमा पनि पर्यो । परिवर्तित मधेश सरकारमा प्रमोद कुमार जयसवाल स्वास्थ्य तथा जनसंख्या मन्त्री भए । पर्सामा स्वतन्त्र रुपमा प्रदेश सभा जितेका उनी एमाले कोटामा मन्त्री भएका थिए । 

२०८१ असार अन्तिम साता एमाले माओवादी र रास्वपाको सरकार पुनः ढल्यो । त्यसपछि परिवर्तित सङ्घको सरकारमा एमाले र कांग्रेसको गठबन्धन बनेपछि मधेस सरकारमा प्रमोद खेलकुद मन्त्रीमा सरुवा भए । 

उनै प्रमोद १४ पुसमा एमाले प्रवेश गरे । जानकारहरुकाअनुसार मन्त्री बन्न जयसवालले आफू एमालेमा प्रवेश गर्ने लिखित सम्झौता पहिल्यै गरेको र सोही अनुसार आइतबार पार्टी प्रवेश गरेका हुन् । पर्सामा आइतबार एमाले पार्टी प्रवेश कार्यक्रमको सबै पूर्व तयारी खेलकुद मन्त्री प्रमोद र उनका भाइ पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले गरेका थिए । उनीहरुको विशेष आग्रहमा प्रधानमन्त्री ओली हेलिकप्टर चढेर पर्सा पुगेका थिए ।  

एक करोड खर्च, बाइकमा २ लिटर तेल 

प्रदेश सभा सदस्य एवम् खेलकुद मन्त्री जयसवालले पार्टी प्रवेश कार्यक्रम सकिए पछि आफ्नो फेसबुकमा लामो स्ट्याटस लेख्दै कार्यक्रम भव्य भएको दाबी गरे । ‘हिजो हाम्रो आफ्नै पालिकामा प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा मधेश कै सबै भन्दा ठूलो जनसभा गर्न सफल भयौँ ।

एकै दिन यति धेरै संख्यामा पार्टी प्रवेश भएको पनि सम्भवतः पहिलो रेकर्ड होला,’ प्रमोदले लेखेका छन् ‘गाउँगाउँबाट बाजा गाजा सहित हाम्रा अगुवाहरुको नेतृत्वमा आएको जुलुसहरु उत्साहजनक रहयो । मेरो भाइ पुर्व मेयर प्रदीप जयसवाललाई काधमा राखेर कार्यकर्ता र आम नागरिकहरुले सभा स्थलमा पुर्याउनु भएको थियो। हामी दाजु भाइ र हाम्रो समाजले कमाएको ठूलो सम्पति यही नै हो ।’ 

जानकारहरुका अनुसार प्रधानमन्त्री आउने कार्यक्रममा कुल एक करोड रुपैयाँ खर्च भएको छ । जसमध्ये ६० लाख रुपैयाँको त पेट्रोल र डिजेल नै वितरण गरिएको स्रोतको दाबी छ । सिधाकुरालाई स्रोतबाट प्राप्त विवरणअनुसार जिल्लाको विन्दबासनी ट्रेड कन्सर्न र महुवनमा पेट्रोल पम्पबाट २÷२ लिटरका दरले ६० लाखको पेट्रोल र डिजेल सित्तैमा सर्वसाधरणलाई वितरण गरिएको थियो । एउटा पेट्रोल पम्पबाट ३ सय देखि ५ सय वटासम्म मोटरसाइकल र अन्य थुप्रै गाडिहरुका लागि कुपन वितरण भएको पम्प स्रोतले बताएको छ । 


तर, दाजुु ज्यान मार्ने मुद्दाका अभियुक्त, भाइको पृष्ठभूमी पनि विवादित

भव्य रुपमा एमाले प्रवेश गरेका जयसवाल दाजु भाइ विवादीत र अपाराधिक पृष्ठभूमीको भएको पाइएको छ । गत २०७९ पुस ४ गते राति पर्सा निकुञ्जमा गस्तिका क्रममा राष्ट्रिय निकुञ्ज प्रशासन, नेपाली सेनाको संयुक्त गस्ती टोली र वन्यजन्तु सिकारीबीच गोली हानहान भयो । 

त्यसपछि सिकारी समुहलाई पछ्याउदै जाने क्रममा निकुञ्ज र सेनाको टोलीले प्रदेश सांसद प्रमोद जयसवालको पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ स्थित घरबाट मृत जरायो र हात हतियारसहित ५ जनालाई पक्राउ गर्यो । उनीहरूको साथबाट टाउकोमा गोली लागेको एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको र १२ बोरको बन्दुक तथा ९ थान गोली र नाइट भिजन राइफल फेला पर्यो । आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन र २ लाख ९० हजार रुपैया नगद पनि सेनाले बरामद गर्यो । उक्त शिकारीमा  पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवालको नाममा रहेको प्रदेश २–०३–००१ च ३०९७ नम्बरको सेतो महेन्द्रा कम्पनीको बोलेरो जिप प्रयोग भएको अनुसन्धानमा खुल्यो । 

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले २०७९ माघ १७ गते वन्यजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न दुई प्रदेश सांसद सहित ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जसमा पूर्व गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल सहित पर्सा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यमा स्वतन्त्र जितेका उनका आफ्नै दाई हाल मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्री भएका प्रमोद जयसवाल समेत थिए ।

मुद्दा दायर गरिएका ४९ जना मध्ये प्रदेश सांसदद्वय प्रमोद जयसवाल र श्याम खड्का, पालिकाका पूर्वअध्यक्ष प्रदिप जयसवाल र सञ्जीव शाहीसहित चार जनालाई वन्यजन्तुको अवैध चोरी शिकारीमा मतियारको आरोप लगाएर मुद्दा दायर गरेको थियो । प्रदीपलाई २०८० पुस १७ गते गुपचुपपूर्ण तरिकाले पर्सा राष्ट्रिय निकुुञ्जले सफाइ दिने निर्णय गरेको थियो । यद्यपी त्यो अझै विवादास्पद छ । यो प्रकरणमा सीआइबीले गरेको अनुसन्धान अझै निष्कर्षमा पुगेको छैन ।

अझ एमालेले मधेश प्रदेशको मन्त्री बनाएको प्रमोद जयसवाल त ज्यान मार्ने उद्योगमा धरौटीमा छुटेका अभियुक्त हुन् । सखुवा प्रसौनि गाउँपालिकाका अध्यक्ष जसवन्त यादव माथि संघातिक आक्रमण गरेर ज्यान मार्ने उद्योग गरेको भन्दै उनीसहितका विरुद्ध आपराधिक उपद्रवको कसुरमा २०७९ पुस ९ गते जिल्ला अदालत पर्सामा मुद्दा दायर भएको थियो । मुद्दा बुुझाउनुु अघि फरार रहेका जयसवाल अदालतमा हाजिर भएपछि एक लाख ५० हजार धरौटी बुझाएर रिहा भएका थिए । 


नेकपा एमालेबाट निर्वाचित जसवन्त यादव वादी रहेको यो मुद्दामा प्रमोद जयसवाल सहित सोहि गाऊँपालिकाका राज गिरी, रामबाबु प्रसाद यादव, अनिल राउत कुर्मी, उपेश गिरी, प्रेस राय यादव, दिपेन्द्र राय यादव, कारी राय यादव, संदेश कुमार यादव, नैन कुमारी साह, बुलेट कुमार यादव, ध्रुुपलाल यादव, उपेन्द्र राय यादव र नरेश यादव गरी १४ जना प्रतिवादिहरु रहेका छन् । जिल्ला अदालत पर्साका सूचना अधिकारी रामनरेश महताेका अनुसार उक्त मुद्दामा कसुर ठहर भई सजाय निर्धारणकाे मिति ताेकिएकाे छ । ‘सजाय निर्धारणको लागि पुस २१ गतेको मिति तोकिएको छ । कसलाई कस्तो सजाय निर्धारण भएको छ, सोही दिन थाहा हुन्छ’, सूचना अधिकारी महतोले भने । 

आपराधिक पृष्ठभूमिका मानिससँग पार्टी अध्यक्ष, एमालेमै त्रासमा 

जयसवाल दाजुुभाइको आर्थिक हैसियतलाई लिएर पर्सामा अनेक खाले चर्चा हुन्छ । उनीहरुको हैसियत नै आपराधिक गतिविधिबाट हुने आर्जनले जोडेको सम्पत्ति भएको नागरिक अगुवाहरु बताउँछन् । पैसाकै बलमा उनीहरुले एमालेको जिल्ला अध्यक्ष, सचिवदेखि समान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई समेत आफ्नो प्रभावमा पारेको एमालेकै जिल्ला नेताहरु बताउँछन् । ‘अब त उनीहरुको प्रभाव पार्टी अध्यक्ष केपी ओलीसम्मै पुुग्यो,’ एक एमाले नेताले भने,‘अब यस क्षेत्रको तस्करी र आपराधिक गतिविधिमा उनीहरु राज चल्छ । इमान्दार एमालेले टिक्न पनि कठिन हुुन्छ ।’ 

सखुवा प्रसौनि गाऊँपालिकाका अध्यक्षमा जसवन्त यादव एमालेबाटै निर्वाचित जनप्रतिनिधी हुन् । उनलाई गत वर्ष जयसवाल समूहले ज्यान मार्ने प्रयास गरेको थियो । तर, उनीहरुलाई नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले आएर पार्टी प्रवेश गराए पछि उनी त्रसित छन् ।

तपाईमाथि आक्रमण गर्ने मान्छे तपाईकै पार्टीमा प्रवेश गरे अब मुद्दा फिर्ता लिनुुहुन्छ होला नि भन्ने सिधाकुुराको प्रश्नमा उनी आक्रोशित भावमा प्रस्तुत भए । ‘कसैमाथि सांघातिक हमला गर्ने, आपराधिक उपद्रता मच्चाउने,वन्यजन्तुको अवैध चोरी शिकारी डाँका चोरी गर्नेको मुुद्दा फिर्ता लिने हुन्छ र ?’ उनले भने, ‘उनीहरु पार्टीमा कसरी आए ? कुन अवस्थामा भित्रिए । पत्रकारहरुले स्वतन्त्र अनुसन्धान गर्न सक्नुुहुुन्छ ।’ एमाले पार्टी, उनको पार्टी प्रवेश र मुद्दा फरक फरक रुपमा बुुझ्नुपर्ने र यस्ता मान्छेलाई पार्टीले स्वीकार गर्न नहुने उनको भनाई छ । 

तर, जयसवाल दाजुभाइको पार्टी प्रवेश विरुद्ध बोल्नुु पार्टी आचरण विरुद्ध हुने भन्दै एमाले मधेश प्रदेश अध्यक्षले त्यस्तालाई कारबाही गर्ने धम्की दिए । 

‘जयसवाल दाजुभाइ राम्रो जनाधार भएका राम्रो नेता हुुनुुहुुन्छ । उहाँहरुलाई पार्टीले स्वीकार गरिसकेको छ । एक जना त मन्त्री नै हुनुहुुन्छ,’ एमाले मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलले सिधाकुरासँग भने,‘ उहाँमाथि कुनै मुद्दा नै छैन । पत्रकारहरु नबुुझी लेखिरहेका छन् । पार्टीको नीति विपरित कोही नेता बोल्छ भने उनीहरुलाई कारबाही गर्नु पर्छ ।’ अध्यक्ष मण्डलले एमालेबारे गलत हल्ला फैलाइएको पनि दाबी गरे । 

प्रतिक्रिया

  • 📑 Message- Process 1.341 BTC. Assure > https://telegra.ph/Message--2868-12-25?hs=6291680ddf3e303e79ceabd492c3c9bb& 📑 2 months ago
    g1wfuu

The Reporter

बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....

  • बालेनले दरबारमार्गमा टल्काएको ग्रेनाइट, चिप्लिन्छ त ? | Granite at Durbar Marg:....
  • भारतमा नेपाली विद्यार्थीमाथि जे भयो... || Nepali Students' Quest for Justice" ||....
  • प्रकृति लम्साल प्रकरणः भारतमा नेपाली विद्यार्थीमाथि भएको घटना || KIIT PRAKRITI LAMSAL....
  • बालमन्दिर घोटालाः प्रकाशमानकी दिदी र विशाल ग्रुपका कर्मचारीविरुद्ध किन चलेन मुद्दा ?....
  • पाप कर्मका महाराज उर्फ विजय कृष्णमूर्ति || SIDHAKURA ||
  • टुट्दैछ प्रेम, भत्किदैछ परिवार र समाज || SIDHAKURA || THE REPORTER ||
  • यु *क्रेनको से *नाको कब्जामा ९ महिना बन्दी हुँदा|| SIDHAKURA ||
  • चितवनबाट यसरी छुटे रवि, धरौटी राख्न नागरिकले ल्याए सयौँ लालपुर्जा || SIDHAKURA....
  • चितवन मुद्दामा रविको सहकारीमा संलग्नता भेटिएन–सरकारी वकिल || SIDHAKURA ||
  • पाथिभरा केबलकारः धर्म, राजनीति र व्यापार ! || PATHIBHARA CABLECAR CASE ||....
  • ऋणको भारी र आप्रवासीको बिल्ला भिरेर अमेरिकाबाट फर्कदै नेपालीहरु || SIDHAKURA ||
  • नेपाली सेनाका हति* यार कस्ता छन् ? || SIDHAKURA ||
  • फेसबुकमा गाली गरे मान्छे थुन्ने कानुन ल्याउँदै सरकार || SIDHAKURA ||
  • १ वर्षमै स्वरुप फेरिएको न्यूरोड || NEWROAD, THEN AND NOW || SIDHAKURA....
  • सहकारीमा सम्बन्ध नै नभएका रविलाई ठगी मुद्दा, कांग्रेस एमालेका सहकारी ठगमाथि अनुसन्धान....
  • न्यायाधीशसामू रविका वकिलले भने, '...श्रीमान, धर्ममा कानुन नखोज्नु, कानुनमा धर्म नछाड्नु।’
  • अख्तियारलाई हर्कको जवाफ, प्यासी जनताको श्राप लाग्ला ! || SIDHAKURA ||
  • एनआईसी एशिया बैंकमा निक्षेप दुरुपयोगः बैंक अध्यक्ष र सञ्चालककै बदमासी छताछुल्ल ||....
  • विन्दु कुमारीः श्रीमान् बिते, छोराको विदेशबाट शव आयो, छोरी अशक्त भइन्, आफू....
  • युवकको छातिमा प्रहरीको लात्ती ! घटनाको वास्तविकता || SIDHAKURA ||
  • असुरक्षित बन्दै inDrive: चालकबाट महिला यात्रुलाई अमर्यादित प्रस्ताव ! || SIDHAKURA ||
  • ४६ वर्षपछि परिवार खोज्दै नेपाल फर्किएका पुर्ते || SIDHAKURA ||
  • ३३ जना छुट्दै, कहिले आउलान् विपिन ? || SIDHAKURA ||
  • घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले ! || SIDHAKURA ||
  • रविलाई फेरी किन हिरासत ? || SIDHAKURA ||

Sidhakura Investigation

जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||

  • जब भगवान् सँगै भरोसा टुट्यो...|| SIDHAKURA || THE REPORTER ||
  • EXCLUSIVE VIDEO: नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोडको चेक लिन बेचन झा....
  • EXCLUSIVE: एमालेका सांसद देवीप्रकाश भट्टचनमाथि ४५सय सहकारीबाट ९७करोड ठगीको आरोप || SIDHAKURA....
  • कामचोर मन्त्री !, ६ अर्बका ठेक्का अलपत्र | Kanchharam's Contract Chaos ||....
  • साँखु केस : सिसिटिभी फुटेजले जन्माएकाे आशंका || SIDHAKURA INVESTIGATION || SIDHAKURA....
  • मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations....
  • कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||
  • मीनबहादुर-धनराजको ९२ लाखको अनुसन्धान रोकर एमालेलाई अर्बको उपहार || SIDHAKURA ||
  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

Current Affairs

KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी,....

  • KIIT बाट स्वदेश आइपुगे नेपाली विद्यार्थी, भन्छन्, 'धन्न ज्या-न जोगियो' || KIIT....
  • स्वर्णिम वाग्लेको खुलासाः यसरी भएको थियो वाइडबडी प्रकरणमा अर्बौँ रकमको घोटाला, नेता....
  • पूर्वराजा भन्छन्, ‘अब समय आयो, देश जोगाउन मलाई साथ दिनुस्' || SIDHAKURA....
  • उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको ध्यानाकर्षण
  • धोबीखोला दुर्घटनाः चालक भन्छन्, ‘भाग्य दह्रो रहेछ र बाँचे’ || SIDHAKURA ||
  • एमाले नेतालाई पत्रकारको प्रश्नःबाबुको शासनमा छोराका दादागिरी ? जवाफः तपाईलाई पनि अनुसन्धान....
  • पत्रकारको प्रश्नबाट भागे ओली || SIDHAKURA ||
  • प्रभु साहसँग आक्रोसित प्रधानमन्त्री ओलीको प्रतिप्रश्न, ‘म म्यानपावरको मान्छे हो ? ||....
  • विशेष र जिल्ला अदालतमा मेलम्ची पसेपछि... || SIDHAKURA ||
  • जब मन्त्रीले सिमेन्टको मूल्यवृद्धि हुनुमा ‘लोडसेडिङ’काे कारण दिए, अनि भयो सवालजवाफ ||....
  • जब प्रमाणको फाइल देखाउँदै मनिष झा संसदमा कुर्लिए... || SIDHAKURA ||
  • रामहरि खतिवडा बोलेपछि संसदमा लफडा || SIDHAKURA ||
  • ‘सभामुखले नै प्रतिपक्षको आवाज दबाए’ : ज्ञानेन्द्र शाही || SIDHAKURA ||
  • अमरेशको बालेनलाई चुनौति। सुमनाले गृहमन्त्रीसँग मागिन् जवाफ । अरुले के भने ?....
  • सामाजिक सञ्जाल नियमन विधेयकः ‘अधिनायकवाद ल्याउने फुच्चे खेल सफल हुँदैन’|| SIDHAKURA ||
  • कांग्रेसमा रहेका सहकारी ठगदेखि मान्छे बेच्नेसम्म सबैलाई कारबाही गर्नुपर्छः गगन थापा ||....
  • ताप्लेजुङभन्दा बाहिर र विदेश बस्नेहरुले केबलकारको बिरोध गरेः चन्द्र ढकाल || SIDHAKURA....
  • मन्त्रीको कार्यकक्षमै आगो, मन्त्री भन्छन् हिजै गन्ध आएको थियो || SIDHAKURA ||
  • सामाजिक संजाल विद्येयकले सबैलाई अंकुश लगाउँछ,फिर्ता गर्नैपर्छः सुमना श्रेष्ठ,सांसद|| SIDHAKURA ||
  • रविलाई प्रधानमन्त्रीको अफर गर्नेहरु आज न्यायपालिकालाई धम्क्याएर फसाइछाड्ने षड्यन्त्रमा छन्ः प्रचण्ड
  • संसदमा सुमनाः बोल्न दे सरकार ! || SIDHAKURA ||
  • कमलपोखरीमा कसरी प*ड्कि*यो ग्याँस सि*लिण्डर ? || SIDHAKURA ||
  • अमेरिकाबाट ४ हजार नेपाली डिपोर्ट हुनसक्छन्ः न्यूयोर्कबाट अधिवक्ता, शिव खनाल || SIDHAKURA....
  • फेसबुक, इन्टाग्राम र ह्वाट्सएप नेपालमा दर्ता नभए चल्न दिन्नौँः सञ्चारमन्त्री || SIDHAKURA....
  • सडक नाटकः ‘मुक्कुम्लुङमा केबलकार, हाम्रो छातीमा गोली हो’ || SIDHAKURA ||