काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा पेश गर्ने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले पुष २१ र २२ गते बस्ने केन्द्रीय कमिटीमा पेश गर्ने अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रतिवेदनमा एमाले–कांग्रेसबीचको सहकार्यको औचित्य, राजनीतिक अवस्था, सरकार गठनपछिको समिक्षा लगाएतका बिषय उल्लेख रहेको उपमहासचिव ज्ञवालीले बताए । उनले एमालेबाट निष्काशित भएपछि भीम रावलले लगाएको आरोप औचित्यहिन रहेको उल्लेख गरे । रावलको अभिव्यक्ति २०७७ कात्तिकमा प्रचण्डले एमालेमाथि लगाएको आरोपको कपी पेष्ट भएको उनले टिप्पणी गरे । रावलले गरेको गालिगलौचको प्रतिष्पर्धामा एमाले नलाग्ने उनको भनाई छ ।
ज्ञवालीले प्रचण्ड, बाबुरामदेखि रवि लामिछानेहरु गालीगलौजले नै उदाएको भन्दै रावलले पनि त्यसकै सिको गर्न खोजको तर्क गरे । रावलको गालीगलौज गर्ने प्रवृतिकै कारण नै पार्टी सदस्यता कायम नरहने निष्कर्षमा पुगेको ज्ञवालीले बताए ।