काठमाडाैँ । थापाथलीस्थित नेपाल खाद्य संस्थानले खसी, बोका र च्याङ्ग्राको खरिद विक्रि सुरु गरेको छ । संस्थानले दसैँका लागि देशका विभिन्न स्थानबाट काठमाडौँ ल्याएको खसी, बोका र च्याङ्ग्राको खरिद विक्रि सुरु गरेको हो ।
थापाथलीस्थित खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले जिउँदो खसी र बोकाको मूल्य ६६० तोकेको छ भने च्याङ्ग्राको मूल्य प्रति केजी १२२० रुपैँया तोकेको छ । संस्थानले खसी, बोका र च्याङ्ग्राको मूल्यमा प्रतिकेजी १० रुपैँया छुट दिएको छ ।