‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

सिधाकुरा

काठमाडाैँ : “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यवसाय गर्दै आएका रामकृष्ण सिटौलाले भने, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।”

मुख्य पर्यटकीय सिजनमा वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बाक्लो भए पनि हस्तकलाका सामग्रीको व्यापार भने सन्तोषजनक छैन । पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको उनको भनाइ छ । उनका अनुसार केही समयपछि उनका अधिकांश ग्राहक स्वदेशी पर्यटक हुने गरेका छन् ।

कोभिड–१९ महामारीपछि मुलुकको पर्यटन करिब पुरानै लयमा फर्कँदैछ । विदेशी पर्यटकको सङ्ख्या पनि बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६ सय ७८ पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल मात्रै नभई चर्चित पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी, अन्नपूर्ण क्षेत्र, खुम्बु क्षेत्र तथा चर्चित तीर्थस्थलहरूमा विदेशी पर्यटकको बाक्लो चहलपहल देखिन्छ । उपत्यकाका वसन्तपुर, ठमेल, पाटन दरबार क्षेत्र, भक्तपुरदरबार क्षेत्र स्वयम्भू, पशुपतिनाथलगायत तीर्थस्थलमा पनि बाक्लै सङ्ख्यामा पर्यटक पुगेका छन् । पर्यटकको पहिलो रोजाइमा पर्ने नेपाली उत्पादन अर्थात् हस्तकलाका सामग्रीको व्यापार भने सोचेजस्तो नभएको व्यवसायीको भनाइ छ ।

हस्तकलाका सामान खरिद बिक्रीको लागि अहिले उपयुक्त समय पनि हो । असोज, कात्तिक र मङ्सिर महिनामा बढी विदेशी आउने भएकाले उनीहरूले सामान खरिद गरेर लैजाने गरेको व्यवसायीको भनाइ छ । वसन्तपुरमा दैनिक रु १५ देखि २० हजार व्यापार गर्ने सिटौला अहिले मुस्किलले एउटा सामान बिक्री हुने गरेको बताए । “कोभिडपछि अझै बजार लिइसकेको छैन । पर्यटकीय सिजनमै व्यापार सन्तोषजनक छैन । पहिले विदेशीको रोजाइ हुन्थ्यो अहिले नेपालीले बढी किन्ने गरेका छन्”, व्यवसायी सिटौलाले भने ।

सिटौलाले वसन्तपुर दरबार परिसरको फुटपाथमा हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् । उक्त स्थानमा धेरै सङ्ख्याका व्यापारीले यस्तो व्यवसाय सञ्चालन गरिरहेका छन् । वसन्तपुर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म हस्तकलाको व्यापार हुन्छ । दैनिक मानिसको भिडभाड भइरहन्छ । विदेशी पर्यटकले विशेषगरी नेपालमा उत्पादित परम्परागत हस्तकलाका सामान लैजान्छन् । बुद्धको मूर्ति, खट, खुकुरी मालालगायत सामग्री खरिद गर्ने गरेको व्यवसायीले बताए ।

व्यापार सुस्त रहेको र नयाँ पुस्ताले चासो नदिएकाले पुर्ख्यौली पेसाको अस्तित्व नै समाप्त हुने हो कि भन्ने व्यवसायी सिटौलाको चिन्ता छ । उनले भने, “छोरा नातिले यो व्यवसायप्रति चासो दिँदैनन् । विदेशतिर लागिसके अब, यो पेसा नै लोप हुने हो कि भन्ने चिन्ता छ ।” सिटौलाको पसलमा रु पाँच सयदेखि १५ हजारसम्मका हस्तकलाका सामान छन् ।

सोही क्षेत्रमा विगत २५ वर्षदेखि व्यापार गर्दै आएका सिन्धुपाल्चोकका हरि कार्कीको अनुभवमा पनि व्यापारमा उत्साह छैन । व्यापार राम्रो भएका बेला कहिलेकाहीँ दैनिक रु १५ हजारसम्म आम्दानी हुन्छ । उनले भने, “यो सिजनमा व्यापार ठीकै छ, कोरोनाकाल भन्दा त धेरै राम्रो छ । सिजनमा राम्रो व्यापार हुन्छ । अहिले सिजन हो तर, विदेशी पर्यटक बढे पनि ग्राहक भने नेपाली नै हुने गरेका छन् ।” कार्कीको पसलमा रु पाँच सयदेखि १२ हजारसम्मका सामान छन् । विदेशीले ‘सिङ्गिङ बल’, मालालगायतका सामग्री बढी रुचाउँछन् ।

प्रमुख पर्यटकीय क्षेत्रमा विदेशीले भन्दा नेपालीले सामान किन्ने गरेको व्यवसायीले बताएका छन् । कोभिड पहिले दैनिक रु २० हजारसम्म कमाइ गर्ने कार्कीले अहिले पाँचदेखि १० हजार आम्दानी गरिरहेका छन् ।

वसन्तपुर दरबार क्षेत्र, ठमेल, स्वयम्भू, बौद्ध, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रमा हस्तकलाका सामानको व्यापार हुन्छ । सबैभन्दा धेरै किनमेल वसन्तपुरमै हुन्छ । होलसेलमै सस्तो सामान पाइने भएकाले विदेशीको पहिलो रोजाइ वसन्तपुर क्षेत्र हुने गरेको व्यवसायीको भनाइ छ ।

झापाका किशोर दर्नाल २५ वर्षदेखि वसन्तपुर क्षेत्रमा व्यापार गर्छन् । पर्यटकीय सिजन भए पनि व्यापार उत्साहजनक नभएको उनले बताए । उनी भन्छन्, “व्यापार काम चलाऊ मात्रै छ । पर्यटक आए पनि सामान किन्दैनन् । नेपालीले नै बढी किन्छन् । आशातीत रूपमा सिजन मै व्यापार छैन ।”

भक्तपुरकी धनमाया तामाङको पनि व्यापार राम्रो छैन । “कहिले हुन्छ, कहिले हुँदैन । भएको बेला रु पाँच हजारदेखि १० हजार कमाइ हुन्छ । पर्यटक आएका छन् तर बिक्री भने खासै छैन”, उनले भनिन्, “तामाङको पसलबाट उपभोक्ताले माने, मुकुन्डोलगायतका सामान बढी लैजान्छन् ।”

वसन्तपुरमा सामान खरिद गर्दै गरेकी ललितपुरकी सृष्टि श्रेष्ठले यो क्षेत्रमा सस्तो सामान पाइने भएकाले आएको बताइन्। “वसन्तपुरमा सामान किन्न रमाइलो लाग्छ”, भाउजू रेखा श्रेष्ठसँगै वसन्तपुर घुम्न आएकी श्रेष्ठले भनिन्, “पाटनमा सामान पाइने भए पनि नानीबाबुसँगै घुम्न पनि पाइने र सामान पनि किनिने भएकाले यहाँ आएका हौँ ।”

वसन्तपुरका व्यवसायी मात्रै होइन प्रमुख पर्यटकीय क्षेत्र ठमेलको हस्तकलाको व्यापार पनि राम्रो छैन । विगत १५ वर्षदेखि सो क्षेत्रमा व्यापार गर्दै आएका मनाङ ह्याण्डिक्राफ्टका सञ्चालन वाङ्गेल गुरुङले सिजनमै व्यापार खासै राम्रो नभएको बताए ।

उनले भने, “कोभिडपूर्व व्यापार राम्रै थियो । अहिले भाडा तिर्नसमेत समस्या छ । पर्यटक आउँछन् सामान हेर्छन् जान्छन् । नेपालीले फाट्टफुट्ट किन्छन् ।” ठमेलमा विगत २२ वर्षदेखि व्यापार गर्दै आएका भारतका ओसिम आक्रामले पनि व्यापार राम्रो नभएको सुनाए।उनी ‘माउनटेन टिसर्ट ब्याग’मार्फत विदेशीलाई नेपाली उत्पादन बिक्री गर्दै आएका छन्। ठमेलमा बुद्धिष्ट माला इन्टरप्राइसका सञ्चालक इन्द्रसिंह लामाले पर्यटक घुमिरहे पनि व्यापार सन्तोषजनक नरहेको बताए ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||