काठमाडौँ । जुलाई २९ आज विश्व बाघ दिवस, नेपालसहित विश्वभर मनाइँदैछ । यस दिवसको अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना समेत गरिएको छ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ । उक्त गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ रहेका छ । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ।
सोही अवसरमा आज ललितपुरको जाउवाखेलस्थित सदरचिदिया खानामा बाग हेर्ने सर्वसाधारणको भीड लागेको छ ।