काठमाडाैँ । उर्लेर आएको बागमतीले शनिवार ठुलो धनजनको क्षति गर्यो । क्षतिसँगै यसले नदी किनारका वस्तीको बारेमा राजनैतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ ।
आइतवार र सोमबार वाहब कम भएसँगै बागमतीले आफुमा समाहित भएका फोहोरहरु अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ । खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन् ।