काठमाडौँ । रुसी सेनामा नेपाली सैन्य भर्ती र हताहतिका विषयमा नेपाल र रुसका परराष्ट्रमन्त्री बीच वार्ता सुरु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यस्तो जानकारी दिएका हुन् ।
नेपालीहरूको रुसी सेनामा भर्ती, क्षति र हताहत हुनेहरूको विवरण र क्षतिपूर्तिका सम्बन्धमा वार्ता केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताए । रुसी सेनामा नेपालीको अवैध भर्ती रोक्न सरकारले कडा निमन गरिरहेको भन्दै उनले क्षति व्यहोरेका परिवारकाे हकमा क्षतिपूर्ति सम्बन्धमा छलफल भइरहेको प्रधानमन्त्री दाहालले बताए ।
फाल्गुन २४, २०८० ०१:०६ मा प्रकाशित