काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न पार्टीको अनुशासन आयोगले सिफारिस गरेको छ ।
असार २० गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको थियो । सो बैठकले महामन्त्रीको सम्बन्धमा थप निर्णय लिन अनुशासन आयोगलाई निर्देशन दिएको थियो । र अनुशासान आयोगले प्रतिवेदन तयार गरेपछि आज केन्द्रीय समिति बैठक बोलाइएको हो । आयोगको प्रतिवेदनबारे पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय सदस्यहरुबीच छलफल भईरहेको छ ।