काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल श्रमिक उद्धार टोलीले विश्व बाल श्रम विरुद्धको दिवसकाे दिन सिंहदरवारभित्र छापा मारेको छ । उक्त क्रममा उद्योग मन्त्रालय र उर्जा मन्त्रालयकाे चमेना गृहमा पनि बाल श्रम शोषण भएको पाइएको छ ।
महानगरको टोली उर्जा मन्त्रालयको क्यान्टिनबाट एक जना र उद्योग मन्त्रालयको क्यान्टिनबाट एक जना बाल श्रमिकको उद्धार गरेको हो । महानगरको टोलीलेसिंह दरवारका अन्य स्थानहरुमा पनि बाल श्रमिकको खोजी गरिरहेको छ ।
यसअघि महानगरेको टोलीले सिंह दरवारको प्रशासनीक अदालतको भवनमा रहेको क्यान्टिनबाट २ जना बालबालिको उद्धार गरेको थियो ।
काठमाडौँमा विभिन्न क्षेत्रमा बालबालिकामाथि शारिरिक तथा श्रम शोषण भैरहेको सूचना प्राप्त भएपछि उनीहरुको उद्धारका लागि महानगरपालिकाले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । अहिले सोहि कार्यविधि अनुसार स्यंमसेवकको खोजी, पीडित बालबालिका खोजी देखि उद्धार र दिर्घकालीन व्यवस्थापन गर्न लागिएको हो ।
यसअघि काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले ६ महिनाका अन्तरालमा घरेलु कामदारका रुपमा पसलदेखि सांसद, प्रहरी, पूर्व न्यायाधीश, आइएनजीको अधिकारीको घरमा श्रम शोषण देखि यौन शोषणसम्म भोगका १९ जना बालिका र १८ जना बालकको उद्धार गरिसकेको छ । महानगरले ७० जना बालिबलिकालाई रेड जोन अर्थात चरम शोषणमा परेकाको सूचीमा राखेको थियो । अहिले महानगरले रेड जोनमा परेको बाबलिकाको उद्धार गरिरेको छ ।