काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले चर्को आलोचना भएपछि सिंहदरबारमा आगो लगाउँछु भन्ने धम्कीपूर्ण स्टाटस डिलिट गरेका छन् ।
शनिबार राति काठमाडौ महानगरको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।
बालेनको धम्की : सिंहदरवारमा आगो लगाइदिन्छु
आइतबार मेयर साहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै मेयर पत्नी सविना काफ्ले मेडिसिटी अस्पतालको एनआईसीयूमा रहेकी आफ्नी नवजात शिशुलाई भेटेर फर्किने क्रममा ७ मिनेटसम्म सडक किनारामा रोकी अनावश्यक केरकार गरेको आरोप लगाएको थियो ।
बालेनपत्नी काफ्लेलाई ट्राफिक प्रहरीले गरेकाे असभ्य व्यवहार खेदजनक : बालेन सचिवालय
ट्राफिक महाशाखाले भने सामान्य सोधपुछ मात्रै गरिएको भन्दै खण्डन गरेको थियो । जिम्मेवार भूमिका रहेको साहले आक्रोशमा गैरजिम्मेवार अभिव्यक्ति पोष्ट गरेपछि आलोचना भैरहेको थियो । सोमबार बिहान भने उनको फेसबुक पेजमा उक्त स्टाटस देखिएन । साहले उक्त स्टाटस फेसबुकको पब्लिक वालबाट हटाएका छन् ।