पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रदर्शन भएको छ । मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषयमा सिधाकुराले खुलासा गरेपछि उनीविरुद्ध प्रदर्शन भएको हो ।
सचेत नागरिक समाज वीरगंजले गरेको उक्त प्रदर्शमा मेयर सिंह बाबु बनेर जारी गरिएको नागरिकता खारेजसँगै मेयर सिंहलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
वीरगंजको घण्टाघरबाट निकालिएको र्याली माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअरव हुँदै जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालय पुग्ने कार्यक्रम तय भएको छ । साथै उनीहरुले प्रहरी कार्यालय, प्रशासन र गृह मन्त्रालयमा समेत ज्ञापन बुझाउने बताएका छन् ।