
नेपालले जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा बहराइनलाई ७ विकेटले हराएको छ । बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य पच्छ्याएको नेपालले ११.४ ओभरमा उक्त लक्ष्य पुरा गर्यो । नोपलका लागि देव खनाल र अर्जुन कुमालले अविजित ३२ रन बनाए ।
पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अल आउट हुँदै मात्र ७७ रन मा जोड्न सफल भएको थियो । नेपालका लागि दिपेश कँडेलएक्लैले ६ विकेट लिएका थिए । उनले ९ दशमलव ५ ओभर बलिङ गर्दा ४ रन मात्र दिए । त्यस्तै दुर्गेश गुप्ता ४ विकेट लिन सफल भए । गुप्ताले भने ८ ओभर बलिङ गर्दा २२ रन खर्चिएका थिए ।
एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितका शिर्ष ३ टोलीले पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्नेछन् । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।
नेपालले अर्को खेल साउदी अरबसँग खेल्दैछ ।