अण्डामा कालोबजारीः ठगिए उपभोक्ता, जोगिए व्यापारी

लक्ष्मण गिरी

काठमाडौँ । सरकारले अण्डाको मूल्यमा उपभोक्ता ठगी गर्ने व्यापारीलाई उन्मुक्ति दिएको छ । 

पछिल्लो ३ महिनायता कृतिम मूल्यवृद्धि गरेर व्यापारीहरूले अण्डाको मूल्यमा दैनिक २ करोड रुपैयाँ भन्दा धेरै रकम असुल गरिरहेका थिए । तर, तिनलाई कारबाही गर्नुको सट्टा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सुटुक्क मूल्य घटाउन लगाएर कारबाहीबाट जोगाएको हो ।

वाणिज्य विभाग र व्यापारीको आपसी समझदारीपछि गत सोमबारबाट भन्दै केही व्यापारीहरूले अण्डाको मूल्य घटाएको घोषणा गरेका छन् ।  

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले यसअघि बजारमा कायम अण्डाको मूल्य घटाइएको बताए । सबै भन्दा ठूलो, ठूलो र मझौला गरी सबैखाले अण्डाको मूल्य घटाइएको उनले सिधाकुरालाई बताए । उनकाअनुसार अण्डाको मूल्य क्रेटमा कम्तीमा २० देखि बढीमा ३० रुपैयाँसम्मले घटेको छ । 

‘यसअघि ५ सय २० रुपैयाँ प्रतिक्रेटमा बिक्री भइरहेको अत्याधिक ठूलो आकारको अण्डाको मूल्य घटेर ५ सय रुपैयाँमा आइपुगेको छ । त्यस्तै यसअघि ५ सय ५ रुपैयाँमा बिक्री भइरहेको ठूलो अण्डाको मूल्य घटेर ४ सय ७५ कायम भएको छ भने ४ सय ४५ रुपैयाँमा बिक्री भइरहेको मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय १५ रुपैयाँ कायम भएको छ’ अध्यक्ष भट्टले भने ।  

बर्खाको समय र उपभोक्ताबाट अण्डाको माग घटेकाले मूल्य घटेको भट्टको दाबी छ । ‘बर्खाको समय भएकाले ढुवानीमा कठिनाइ भइरहेको छ । उत्पादन भएको अण्डा बजार पुर्याउन कठिन भइरहेको छ,’ भट्टले थपे, ‘उत्पादन भएका अण्डा बजारमा पठाउन र पछिल्लो समय अण्डाको माग घटेका कारण अण्डाको मूल्य घटेको हो ।’

अण्डा उत्पादन गर्ने लेसर्य कुखुरा पालक व्यवसायीहरूले पनि अण्डाको मूल्य घटेको दाबी गरेका छन् । 

व्यवसायीहरुले एकपछि अर्को गर्दै मूल्य घटाइरहँदा यता वाणिज्य विभाग भने व्यवसायीको मनलाग्दी विरुद्ध नियमित अनुगमन गरिरहेको र त्यसैका कारण मूल्य घटेको दाबी गर्छ । ‘हाम्रो अनुगमन र  निर्देशन पछि व्यवसायीले अण्डाको मूल्य घटाएका हुन्,’ विभागका सूचना अधिकारी राजेन्द्र पाण्डेले दाबी गरे ।  

मूल्य घट्यो, कारबाही टर्यो

विभागमा हरेक पटक महानिर्देशक फेरिने बितिक्कै व्यावसायिक समूहसँग बजार मूल्यबारे छलफल गरिन्छ । उपभोक्ता महँगीले मारमा परेको बारे उनीहरूसँग विमर्श गरिन्छ र मूल्य बढाएर अकुत कमाएका व्यापारीहरूसँग मिलेर सरकारी संयन्त्रले मूल्य घटाएको नाटक गर्छ ।

विगतको यो परम्परा यो पटक पनि दोहोरियो । विभागबाट १६ दिनमै ध्रुव घिमिरेलाई हटाएर राजन पौडेल महानिर्देशकको जिम्मेवारीमा आए । उनी आए लगत्तै व्यावसायिक सङ्गठनले वस्तुको मूल्य तोक्न नपाउने भन्दै प्रचारमुखी सूचना जारी गरे । पानीको यस अघिनै तोकिएको मूल्य सूचना पुन जारी गरिदिए । त्यसलगत्तै व्यावसायिक सङ्घ सङ्गठनसँग वार्ता र छलफल सुरु भयो । 

३ वर्षको अवधिमा १२ रुपैयाँबाट २५ रुपैयाँ प्रतिगोटा पुर्याइएको अण्डाको मूल्यका बारेमा पनि विभागले छलफल गर्यो । ठ्याक्कै मिति नखुलाए पनि विभागले केही समयअघि व्यवसायीलाई बोलाएर अण्डाको मूल्य वृद्धिबारे छलफल गरेको सूचना अधिकारी पाण्डेले स्वीकार गरे । ‘हामीले व्यवसायीलाई बोलाएर सोधपुछ गरेका थियौँ । उनीहरुले विद्युत खपत, ढुवानी लगायतका कारण मूल्य बढेको बताएका थिए,’ पाण्डेले भने, ‘जनताको गुनासोपछि हामीले पनि अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिएका हौँ ।’

सिधाकुराले यस अघि प्रकाशित गरेको रिर्पोटअनुसार अण्डा व्यवसायीहरूले एक दिनमै उपभोक्ताबाट २ करोड ८ लाख रुपैयाँ भन्दा धेरै रकम असुल गरिरहेका थिए ।

अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ !

किसानले पनि मूल्य नपाउने र उपभोक्ता पनि ठगिने समस्या समाधानका लागि विभागले अण्डामा ठगी गर्नेलाई विभागले आफैले कारबाही गर्ने वा अर्को निकायलाई लेखि पठाउन पर्ने विभागका वाणिज्य मन्त्रालयका एक पूर्व सचिव बताउँछन् । 

‘उपभोक्ता ठग्नेलाई माया गरेर मूल्य घटाउ भन्ने होइन,’ ति पूर्व सचिव भन्छन्,‘पहिले ठगीमा कारबाही गर्ने हो । त्यसपछि बजारको तह विश्लेषण गरेर उत्पादक किसानले पनि मूल्य पाउने र उपभोक्ता पनि नठगिने अवस्था सृजना गरिनु पर्छ ।’ 

तर, विभागले मूल्य बढेको र ठगेको जानकारी लिएर लोकलाई देखाउनका लागि मूल्य घटाउन भनेर कालोबजारी गर्नेलाई उन्मुक्ति दिएको ति पूर्व सचिवको आरोप छ ।

विभागको कामप्रति स्वयम् तालुकको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय नै सन्तुष्ट छैन् । अधिक मूल्य लिइएको पाइने बित्तिक्कै पहिले आफ्नो क्षेत्राधिकारअनुसार कारबाही गर्नुपर्ने र अति नै गरेको अवस्थामा कालोबजारी ऐन अन्तर्गत कारबाहीका लागि जिल्ला प्रशासन वा राजश्व अनुसन्धानमा सिफारिस गर्नुपर्ने मन्त्रालयका उच्च अधिकारी बताउँछन् । ‘विभागले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छ,’ ति अधिकारी भन्छन्, ‘नभए जिल्ला प्रशासनमा कालोबजारी ऐन र राजश्व अनुसन्धान लगायतका निकायबाट पनि अनुसन्धान अघि बढाउन सकिन्छ ।’ 

तर, विभागले पहिलाको ठगीलाई यथास्थानमै छोडेर अब मूल्य घटेको भन्दै प्रचार गरिरहेको छ । त्यसो त अण्डाको मूल्य वृद्धि र वाणिज्य विभागको भूमिकाका सन्दर्भमा उपभोक्ता अधिकारकर्मीहरु पनि मौन छन् ।


प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||