अण्डामा ठगी : एउटा अण्डाको मूल्य २४ रुपैयाँ !

लक्ष्मण गिरी

काठमाडौँ । पछिल्लो ३ वर्षमा अण्डाको मूल्य क्रेटमै एक सय रुपैयाँले बढाइएको छ ।

उपभोक्ताका लागि दैनिक अत्यावश्यक पौष्टिक तत्व अण्डामा सीमित व्यापारीहरूले मूल्यमा कार्टेलिङ गरेर कानुन विपरित मूल्य बढाएका छन् । तर, सरकार भन्दा व्यापारी बलियो बन्दा मूल्य बढाउनेलाई कुनै कारबाही भएको छैन् । 


त्यसो त उपभोक्ताहरू पनि दैनिक अण्डा किन्दा आफूलाई बढेको मूल्यमा जानकार नै छैनन् । किनकी चलाख व्यापारीहरूले दैनिक ठूलो परिमाणमा बिक्री हुने अण्डामा थोरै थोरै गरेर करोडौँ रुपैयाँ ठगी गरिरहेका छन् । जसका कारण उपभोक्ताहरू ठगिएर पनि बेखबर छन् ।

आज हामी अण्डाको मूल्य नियन्त्रणमा राज्यको उपस्थिति नहुँदा जनता कसरी ठगिए भन्ने उजागर गर्दैछौँ । बजारमा हुने मध्यम, ठूलो र अत्याधिक ठूलो अण्डामा पछिल्लो तीन वर्षमा भएको मूल्य वृद्धि हेरौँ ।       

सिधाकुराले खोजेको तथ्याङ्कअनुसार २०७८ साल साउन १ गते मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ६५ रुपैयाँ थियो । ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ८० र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ थियो ।

त्यसको करिब डेढ वर्ष अर्थात २०७९ पुष ३ गते मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ६०, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ८० र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय ५ रुपैयाँ तोकिएको थियो ।


त्यसको करिब ६ महिनापछि अर्थात २०८० असार ३१ गतेबाट अण्डाको मूल्यमा केही वृद्धि भएको देखिन्छ । जहाँ मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ८०, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ९५ र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय १० रुपैयाँ निर्धारण गरिएको थियो ।

सो मूल्य २०८० चैत १० मा आएर पुनः घटेको थियो । त्यस समयमा मध्यम, ठूलो र अत्याधिक ठूलो अण्डाको मूल्य प्रतिक्रेट क्रमश ३ सय ६०, ३ सय ७५ र ३ सय ९० रुपैयाँ निर्धारण गरिएको थियो । 

३ वर्ष यताकै अण्डाको मूल्य सबैभन्दा कम २०८१ बैशाखमा भएको थियो । जहाँ मध्यम आकारको अण्डाको मूल्य घटेर प्रतिक्रेट ३ सय ३०, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ७५ र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ३ सय ९५ रुपैयाँ निर्धारण गरिएको थियो ।

त्यसको एक महिनाको अन्तरालमा अण्डाको मूल्यमा ५ पटक मूल्य वृद्धि र गिरावट भएको पाइन्छ । २०८१ जेठ १८ गतेको तथ्याङ्क हेर्ने हो भने पछिल्लो ३ वर्ष यताकै अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । अण्डाको मूल्य प्रतिक्रेट एक सय रुपैयाँले महँगिएको देखिएको छ । नयाँ मूल्यअनुसार मध्यम आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय ६५, ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ४ सय ८० र अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ पुर्याइएको छ । 


समग्रमा यस अवधिमा अण्डाको मूल्य क्रेटमा एक सय रुपैयाँ र प्रतिगोटामा ३ रुपैयाँ ३३ पैसा होलसेलमै बढाएको पाइयो । 

यसबाट अत्याधिक ठूलो आकारको अण्डाको मूल्य प्रतिगोटा कम्तीमा होलसेलमै १६ रुपैयाँ ६६ पैसा पुग्यो । साउनको तेस्रो सातामा अर्थात अहिले बजारमा अण्डाको मूल्य प्रतिगोटा ठूलोमा २२ रुपैयाँ ५० पैसा र मध्यममा २० रुपैयाँमा बिक्री भइरहेको पाइएको छ । 

देशभर अण्डा उत्पादनको हब मानिने चितवन र नवलपरासीबाट काठमाडौँ आइ पुग्दा अण्डाको खुद्रा मूल्य गोटामै जेठयता कम्तीमा ४ देखि साढे ६ रुपैयाँ मूल्य वृद्धि भएको छ । 

यो मूल्यवृद्धि एक गोटा अण्डा र एक क्रेट अण्डा किन्नेका लागि खासै ठूलो रकम नलाग्न सक्छ । तर, नेपाल कुखुरा व्यवसायी मञ्चको तथ्याङ्कअनुसार दैनिक नेपालमा ३२ देखि ३५ लाख गोटा अण्डा उत्पादन हुन्छ । 

कम्तिमा ३२ लाख गोटा अण्डा मात्रै बिक्री हुन्छ भन्ने मान्ने हो भने अण्डामा ६ रुपैयाँ ५० पैसा मूल्य बढाउँदा व्यापारीले उपभोक्तासँग दैनिक २ करोड ८ लाख रुपैयाँ अतिरिक्त नाफा अर्जन गर्छन् । यसलाई अर्को अर्थमा भन्दा उपभोक्ताहरुबाट मूल्य बढाएर दैनिक यति ठूलो रकम असुली गरिन्छ, गरिराखिएको छ । 


किन बढ्यो अण्डाको मूल्य ?

नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी उपभोक्ताले अण्डाको मूल्य प्रतिगोटा अधिकतम २० रुपैयामाँ पाउनुपर्ने बताउँछन् । यसो भन्दै गर्दा उनले अण्डाको मूल्यमा बिचौलिया नभएको पनि दाबी गरे । 

केसीको दाबीअनुसार अझै पनि अण्डाको कायम मूल्यले किसान टिक्न सक्ने अवस्थामा छैनन् । ‘बजारमा अण्डाको मूल्य नपाउँदा ६० प्रतिशत किसान व्यवसायबाट पलायन भएका छन्,’ अध्यक्ष केसीले भने । उनले, बजारमा खुद्रा पसलहरुबाट उपभोक्ता ठगिएकोतर्फ सरकारी निकाय सजग हुनुपर्ने पनि बताए । 

तथ्याङ्क न अनुगमन 

३ वर्ष अघि अण्डाको मूल्य प्रतिगोटा १२ देखि १५ रुपैयाँको बीचमा थियो । अहिले सो मूल्य झण्डै दोब्बरले बढेको छ । हिजोआज बजारमा अण्डा प्रतिगोटा कम्तिमा २० देखि बढीमा २३ रुपैयाँसम्ममा खुल्लम खुल्ला बिक्री भइरहेको छ । तर, यो किन भइरहेको छ भन्नेमा सरकारी निकायले न अध्यायन गरेको छ न त मूल्य विश्लेषण नै गरेको छ । 

मूल्य बढाएर मासिक ६२ करोड बढी रकम असुल गर्ने व्यवसायीहरुले पछिल्लो ३ वर्षमा झण्डै २२ अर्ब रुपैयाँ उपभोक्ताबाट असुल गरेका छन् । बजार अनुगमन र उपभोक्ता ठगिनबाट रोक्ने अधिकार पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आफूहरु नियमित अनुमन गरिरहेको दाबी गर्छ । विभागका महानिर्देशक राजन पौडेल अण्डामा भइरहेको कालोबजारीबारे अध्ययन भइरहेको बताउँछन् । 


उपभोक्ताहरुबाट गुनासो आएपछि विभागले मूल्य र बजार बिश्लेषण गरेर अण्डाको मूल्य तोक्न संघलाई नदिएको  उनले बताए । ‘गुनासोहरु आएका छन् । हामी बजार बिश्लेषण गरिरहेका छौँ,’ महानिर्देशक पौडेलले भने, ‘अण्डाको मूल्य प्रभावित पार्ने तहहरुको खोजी हुन्छ । कारबाही हुन्छ । अब उत्पादकको मूल्य संघले तोक्दैन । उत्पादक किसान स्वयम्ले तोक्छ ।’ 

महानिर्देशक पौडेलले आफूसँग रहेको बजार सम्बन्धि सूचनाहरु विभागलाई उपलब्ध गराउन पनि सर्वसाधरणलाई आग्रह गरे । विभागले अहिले बजारका अण्डाको मूल्यमा उत्पादन र बजारको तहहरुलाई विश्लेषण गरिरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

  • Devbhai 1 months ago
    Crate ko Rs 600 ta big departmental store ma mazzale behind ra cha , mulga ta aati na badeko ho.

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||

  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....
  • ओली र देउवाविरुद्ध ना*राबा*जी गर्नेहरु धमाधम पक्रा*उ || SIDHAKURA ||
  • बालिका बन्धक बनाउने सांसदमाथि अनुसन्धान गर्न प्रहरीको आनाकानी ! || SIDHAKURA ||
  • खोला मिच्न एमालेको दाउ, बालेनकाे प्रतिकार || THE REPORTER || SIDHAKURA ||
  • आफ्नै का_ल बन्यो ममताको प्रेम || Mamata Kafle || SIDHAKURA ||
  • के गठ्ठाघरमा ट्राफिक प्रहरीको गल्ती देखिन्छ ? || SIDHAKURA ||
  • बिग्रिएको श्री एअरलाइन्स-दोष यात्रुलाई ? कमजोरी ढाकछोप यस्तो झुठ! || Shree Airlines....

Current Affairs

७९ काे चुनाव निम्ता कार्ड थियाे....

  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
  • भ्रष्टाचारका फाइलको अनुसन्धान गर्ने सरकारकाे छनक देखिएन : रवि लामिछाने || SIDHAKURA....
  • ढोरपाटनमा दुई सय ८० रोपनी जग्गा चक्लाबन्दी गरि स्याउ खेती || SIDHAKURA....
  • सरकारविरुद्ध अनावश्यक हल्ला फैलाउन खोजियाे: प्रधानमन्त्री ओली | Kp Sharma Oli |
  • रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : डिपि अर्याल || SIDHAKURA....
  • टेस्लाको सोरुममा आगलागी | SIDHAKURA |
  • ‘चिकित्सा क्षेत्रमा ब्लण्डर गल्ती गर्ने छुट छैन’ || SIDHAKURA ||
  • पलेशाको भव्य स्वागत || SIDHAKURA ||
  • बालेनलाई सुनिताको प्रश्नः हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने ? || SIDHAKURA ||
  • वडाध्यक्षले मेयर बालेनलाई गोदी मिडिया चलाएको आरोप लगाएपछि... || SIDHAKURA ||