काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली तर्फ लागेकी छिन् ।
परराष्ट्रमन्त्री देउवाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमणमा थिइन् । जर्मनीमा यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी देउवा कार्यक्रम प्रश्चात भारत लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।