नेभिगेशन
सबै कुरा

हिरासतमा रहेका रविको सिसिटिभी फोटो कास्की प्रहरीले कसलाई पठायो ?

कास्की । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत भित्रको तस्बिर सार्वजनिक भएको छ । 

लामिछाने कात्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा छन् । सिसिटीभी फुटेजबाट लिइएको स्क्रीनसट फोटोमा रवि लामिछाने सुतिरहेको अवस्थामा देखिन्छन् । 

Global Ime Bank

हिरासतमा रविलाई भेट्न जाने उनका परिवारलाई समेत मोवाइल फोन गेटमा राखेर पठाउने गरेको कास्की प्रहरीले रवि लामिछाने हिरासतमा भएको फोटो भने आफै लिक गरेको देखिन्छ । 

तस्बिर बाहिरिएसँगै रास्वपाका नेताहरुले हिरासतमा रहेका लामिछाने असुरक्षित रहेको दाबी गरेका छन् । कास्की प्रहरीले रवि लामिछाने हिरासतमा सुतिरहेको तस्बिर कसलाई प्रमाणका रुपमा पठाउने लागेको हो भन्दै रास्वपा नेताहरुले प्रश्न गरेका छन् । 

तर, यस विषयमा कुुरा गर्न कास्की प्रहरी प्रमुखलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबुु ओलियाले पहिले फोन उठाए तर सो विषयमा प्रश्न गर्नासाथ फोन काटे ।  त्यसपछि पटक पटक फोन सम्पर्क गर्दा उनले फोन काटे र सम्पर्कमा आएनन् ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हस्ताक्षर अभियानमा सहभागी हुन चितवन जाँदै निकिता पौडेल

हालसम्म देश विदेशबाट १० लाख हाराहारी संख्यामा हस्ताक्षर संकलन भएको उक्त अभियानका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । उनका अनुसार पार्टीले सार्वजनिक गरेको अनलाई प्लेटफर्महरुमा ठूलो संख्यामा हस्ताक्षर...
माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

माधव नेपालमाथि प्रतिशोध साँधिएको नेकपा एसको निष्कर्ष, पार्टी अध्यक्ष नेपाल नै रहने

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

संसदीय सुनुवाई समितिमा सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीमाथि छलफल

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उजुरीकर्तासंग छलफल गरेको हो । यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त...
निजि विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा समितिमा जुट्यो सहमति

निजि विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा समितिमा जुट्यो सहमति

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले निजि विद्यालयको व्यवस्थापन र बाल विकास शिक्षाका विषयमा सहमति जुटाएको हो । बैठकले निजी विद्यालय सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी र गैरनाफामूलक बनाउने प्रस्तावमा...

भर्खरै