![]( https://sidhakura.com/content/upload/post_image/hp-chitra-bahadur-kcjpgu5uyqk9oa.jpg)
काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकारले संसद छलेर अध्यादेश ल्याउने कुरा लोकतान्त्रिक नभएको बताएका छन् । उनले संद बोलाउन कसले रोकेको थियो भन्दै प्रश्न समेत गरेका छन् । उनले भने, ‘संसद बोलाउनलाई छेकेको थियो कसले ? संसद नबोलाउनी, अध्यादेशबाट मुलुका चलाउनी । यही पद्धति हो भने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक पद्धति हो ।’
बिहिबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद केसीले दिएको अभिव्यक्ति यस्तो छ ।
'दुइटा ठूला दल बनेर लोकतन्त्रलाई व्यवस्थित गर्छन भन्ने मैले बिचार गरेको थिएँ । तर अब संसद चाहीँ समयमा नबोलाउनी, अध्यादेशबाट देश चलाउने । यही हो लोकतन्त्र ? यसखालको अप्रजातान्त्रिका तरिकाले चाहीँ प्रजातन्त्रको लागि लोकतन्त्रको लागि हामस् लामो समय लड्यौँ । त्यसको अभ्यास गर्ने शिलशिलामा राजनीतिक पार्टीहरु बारम्बार चुकेका छन् । यसो गर्नु हुँदैन । संसद बोलाउनलाई छेकेको थियो कसले ? संसद नबोलाउनी, अध्यादेशबाट मुलुका चलाउनी । यही पद्धति हो भने यो लोकतन्त्र होइन, अप्रजातान्त्रिक पद्धति हो ।'