सुन तस्करीको अनुसन्धानमा लापरवाही गर्ने एसपी सञ्जय थापालाई उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार !

सिधाकुरा

काठमाडाैँ। ६१ किलो सुन तस्करीको अनुसन्धानमा लापरवाही गरेको भन्दै कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसपी सञ्जय सिंह थापालाई यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरिएको छ । ६९ औं प्रहरी दिवसको अवसरमा मंगलबार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले उत्कृष्ट अनुसन्धानकर्तातर्फ एसपी थापालाई पुरस्कृत गरेका हुन्।

विसं २०८० साउन २ गते विमानस्थल भन्सार कार्यालय सिनामंगलबाट जाँचपास भएर बाहिरिएको १५५ किलो तौलको स्कुटरको ब्रेक सुमा तस्कर समूहले सुन लुकाएर ल्याएको थियो । भन्सार हाता कट्ने बितिक्कै राजश्व अनुसन्धान विभागले ब्रेक सु मा ल्याइएको सुन नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । पछि सरकारले सो तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलाई सुम्पिएको थियो । सो समयमा प्रमुख अनुसन्धान अधिकृतका रुपमा रहेका एसपी सञ्जय सिंह थापाको कमाण्डमा सुन तस्करीको अनुसन्धान भएको थियो । तर, सो अनुसन्धानमा लापरबाही भएपछि सुन तस्करीको अनुसन्धान गर्न सरकारले २०८० असोज १५ गते सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठित समितिले थापाको कमाण्डमा भएको अनुसन्धानमा लापरवाही भएको भन्दै थापासहितका केही प्रहरी अधिकृतलाई विभागिय कारबाहीका लागि सिफारिस गरेको थियो । कारबाही सिफारिस भएको समयमा एसपी थापा नुवाकोटको प्रहरी प्रमुखको जिम्मेवारीमा थिए।

सुनको अनुसन्धान भइरहेकै समयमा भदौ १५ गते थापालाई नुवाकोट सरुवा गरिएको थियो । तर, चैत १ गते जाँचबुझ आयोगले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझायो । सो प्रतिवेदनले एसपी थापालगायत केही अनुसन्धान अधिकृतले अनुसन्धानमा लापरवाही गरेको भन्दै कारबाही सिफारिस गरेको थियो । लगत्तै चैत २ गते नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थापालाई हेडक्वार्टर तानिएको थियो । 

तिनै थापालाई मंगलबार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार थमाएका हुन् । प्रहरी महानिरीक्षक कुंवरले उत्कृष्ट अनुसन्धानकर्ताको विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई पुरस्कृत गरेका छन् ।  

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । 

यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन—२०८१ मा प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई पुरस्कार प्रदान गरिएको छ । 

नेपाल प्रहरी अन्तरप्रदेश कार्यदक्षता मूल्याङ्कन ९पुलिस व्याटन० २०८१ अन्तर्गत आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिलराज बोहरा, काठमाडौँ उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरलाई पनि सम्मान गरिएको छ ।

यस्तै प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्तराम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नवीन चुदालीलाई पनि सम्मान गरिएको छ । 

सोही विधामा प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायब निरीक्षक जोखबहादुर विक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोविन्दबहादुर महतो, प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायब उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायब निरीक्षक जीवनकुमार कार्की र प्रहरी नायब निरीक्षक सुवाष यादवलाई पनि महानिरीक्षक कुँवरले प्रशंसापत्र प्रदान गरे । 

समारोहमा उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायब उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक विजय महतलाई सम्मान गरिएको छ  ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायब निरीक्षक सङ्गीता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई पनि सम्मान गरिएको छ । 

उत्कृष्ट विपद् व्यवस्थापन कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधनकुमार महतो, प्रहरी हवल्दार दीपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दीपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान विमला चौधरीलाई पनि सम्मान गरिएको छ । 

उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेशकुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरियो । साथै नेपाल प्रहरी स्मारक गुठिका सात जना आजीवन सदस्यलाई कदरपत्र प्रदान गरियो । 

यस्तै महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने संखुवासभाका विमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, विनसरा पुन, मणिभक्त पुन, मीनबहादुर घर्ती र रूपन्देहीका शैलेन्द्रकुमार चौधरीलाई कदरपत्र प्रदान गरे। अन्य विधाका उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । साथै नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयबाट कदरपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....

  • कारागारबाट फर्किएपछि सिधाकुराः निर्भीक यात्रामा थप तेज बन्नेछौँ || SPECIAL EDITORIAL ||....
  • बाढी पहिरोले अपुरणीय क्षति, कुन ठाउँको अवस्था कस्तो ? || SIDHAKURA ||
  • देउलाको बयानः ओजस्वीले हात समाते, मैले आइरनले डामेँ || SIDHAKURA ||
  • झापामा आयल निगमको २ विगाह जग्गा गायव, जग्गा बिक्रेताले हाले खिचलो मु*द्दा....
  • झ्याप्ले खोलामा भाग्यले बाँचेकाहरु भन्छन् : पहिरोले सँगैका गाडी पुर्यो, हामी भाग्यले....
  • झ्याप्ले खोला पहिरोः भाग्यले बाँचेकाहरुको बयान, प्रत्यक्षदर्शीले जे देखे || SIDHAKURA ||
  • बागमती पीडित भन्छन्ः यस्तो बाढी अहिलेसम्म देखेका थिएनौँ || SIDHAKURA ||
  • नख्खुकाे भेलमा बगेकालाई बचाउन बाढीमा हामफाल्ने चनिकलाल || SIDHAKURA ||
  • समाचार प्रकाशित भएको १८ घण्टा नबित्दै महानगरले चिरिच्याट्ट पार्यो गुह्येश्वरीको पार्क ||....
  • ७ करोडमा बनेको सार्वजनिक शौचालय र पार्कको बेहाल || Public Toilet Condition....
  • वैदेशिक रोजगारीको कहर : जस्तो गए त्यस्तै फर्किए अवदेश || SIDHAKURA ||
  • बैँगलुरु केस || BENGALURU CASE || SIDHAKURA ||
  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....

Current Affairs

सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...||....

  • सिधाकुराका प्रकाशक र सम्पादक कारागारबाट निस्किएपछि...|| SIDHAKURA ||
  • प्रधानमन्त्री ओलीमाथि खनिए दुर्गा प्रसाईं || SIDHAKURA ||
  • आरजुले भनिन्: अरु देशका महिला मन्त्री पनि म जस्तै गलत समाचारको सिकार....
  • जनतालाई मालिक मानेको छु, जनताको अदालत मेरा लागि सबैभन्दा ठूलो अदालत हो....
  • मुग्लिनमा रवि लामिछाने भेटिँदाथामिएनन् आँशु ||RABI LAMICHHANE || SIDHAKURA ||
  • दसैँअघि बिपी राजमार्ग नखुल्ने, अन्य राजमार्गको अवस्था के छ ? || SIDHAKURA....
  • सरकारले काम नगरेको सत्य हो, प्रश्नहरु उठछन् : Gagan Thapa || SIDHAKURA....
  • विपद व्यवस्थापनमा सरकार चुकेको भन्दे रवि कड्किएपछि... Rabi Lamichhane || SIDHAKURA ||
  • विरोधका लागि विरोध हो, सरकारले विपद् व्यवस्थापनमा राम्रो काम गरेको छ: KP....
  • बिपी राजमार्गको कन्तबिजोग, हिँडेरै जानेहरु भन्छन्, १ वर्ष यो बाटो नहिँड्नुहोला ||....
  • काठमाडौँमा निम्त्याएको वि*नाशलाई आकाशबाट हेर्दा || SIDHAKURA ||
  • राजमार्ग र गाउँनै स*खा*प | Sidhakura Update |
  • दाइको मोटरसाइकल लिएर साथीकोमा नोटबुक लिन जाँदै थिए राजन || SIDHAKURA ||
  • दशैँमा प्रहरीः ‘ड्रोनले गर्ने छ तपाईँको घरको सुरक्षा’ || SIDHAKURA ||
  • चीनबाट फर्किएका रास्वपा नेताहरु भन्छन्, ‘सभापति रवि लामिछानेलाई गरिएको टार्गेटको प्रतिवाद गछौँ’
  • सहकारी प्रकरणबारे रवि लामिछानेले के–के भने ? || Rabi Lamichhane LIVE ||....
  • रास्वपा नेताहरु भन्छन्, सरकारले मनलाग्दी गर्छ भने जनविद्रोह हुन्छ' || SIDHAKURA ||
  • काभा महिला क्लब च्याम्पिन टोलीको भव्य स्वागत || SIDHAKURA ||
  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....