बाढीपीडितको गुनासो : राहत लिएर कोही किन आउँदैनन् ?

सिधाकुरा

काठमाडौँ । “तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?” बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो । 

“होइन नी हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको ।” यो जवाफले एक्कासी अँध्यारो मुहार लगाएर माझीले भनिन्, “ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी ।” 

काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहेकी रहिछन् उनी। तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि उनले भनिन्, “अरु पनि आउँछन् यसरी नै । सोधेर जान्छन् । तर कोही राहत लिएर आउँदैनन् ।”

सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ । “आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्”, माझी भन्छिन्, “अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु ? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन् । रुन्छन् । के गर्नु ?” बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो । न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, “बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो ।”

सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ । अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला ? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउँछन् उनी। “अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला । तर मुख्य खानेकुरै भएन”, उनी भन्छन्, “नखाएर कति दिन बिताउन सकिएला ?”

अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नी झैँ लाग्छ, उनलाई । “अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नी”, माझी भन्छिन्, “पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला । बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन् ।” कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उनी सुनाउँछिन् । “भए पनि एक्कासी महँगो बनाएका छन्”, माझी भन्छिन् । 

सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन् । केही थान भाँडा भेटिएछ । अरु त सबै भेलसँगै बगाएर लगेछ । “कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,” उनी भन्छिन्, “सबै लग्यो बाढीले । धन्न ज्यान त बच्यो ।”

माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेकी छिन् । “बाढीले ज्यान त बचायो । खान नपाएर मर्न चाहिँ नपरोस्”, उनी भन्छिन्, “बच्चा छ । भोकाउँछन्, रोइहाल्छन् । के गर्नु ।” आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, “पत्रकार अन्टी हाम्रो त घरै बगायो । मेरो किताब, कापी, लुगा सबै बगायो नी ।”

फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छिन्, गङ्गा थापा पनि । उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइन् । “रातको ३ बजेको थियो, शौचालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ । तीन छोराछोरी र श्रीमानलाई पनि ब्युँझाए । भागाभाग भयो”, थापा भन्छिन्, “एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नी । धन्न भाग्यले बाँचियो ।”

मानिसबाहेक सबै चिजहरु बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ । अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाह्रो भइरहेको गुनासो सुनाउँछिन्। उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेको र डोलेश्वर स्कुलको पेटीमा बास बसेको उनको भनाइ छ । “यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइन । नसोचेकै भयो,” थापा भन्छिन्, “जे भयो भयो । अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो ।”

वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैँ लाग्छ । “हामी भएको ठाउँमा कोही नआउन् । रित्तो हात त कोही पनि नआए नी हुन्थ्यो झैँ लाग्छ । राहत लिएर चाहिँ कोही किन आउँदैनन् ?” इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छिन् । “सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौँ । जाँदा त खाने कुरा नै सकिएको रहेछ । अनि भोकभोकै फर्किनुप¥यो”, उनले भनिन्, “आज यही स्थानीय क्लबले खुवाएको थियो । कत्ति खुसी लाग्यो । खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ ।”

ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टी साइडमा टेकमाया श्रेष्ठको घर छ । शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो । के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ । भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउँछिन् । “यत्ति धेरै क्षति हुन्छ भन्ने साचेको पनि थिएनौँ । डुङ्गाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौँ,” उनी भन्छिन्, “तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो । धन्न बाँकी रहेछ ।” माथि उल्लेख गरेका पात्रहरुको भन्दा उहाँको माग फरक छ, “सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस् ।”

ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ । नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ । “कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ”, उनी भन्छिन्, “हाम्रो क्षेत्र पनि ठूलो छ नी छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौँ, सबै ठाउँमा पुग्नै भ्याइएको छैन ।” 

उनका अनुसार गोदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जानाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ । “यहाँ कति क्षति भयो भन्ने कुरा आँकलन गरिरहेका छौँ”, उनले भनिन्, “पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरु र समाजसेवीहरुसँग राहतका लागि आग्रह नै गरिसकेका छौँ ।”

उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताइन्। “चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौँ, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छौँ,” उनले भनिन्। 

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरुलाई पनि  बाढी पहिरोकै कारण तहसनहस बनाएको छ । हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ । बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट बताउँछन् । “न बाटो छ, न सम्पर्क छ,” उहाँले भन्नुभयो, “यहाँ त राहत व्यवस्थापनका लागि पनि निकै गाह्रो भइरहेको छ ।”

युवा अभियन्ता तथा इन्जिनीयर लक्षुमनप्रसाद घिमिरेले ललितपुरको दक्षिण भेगका पिडितहरुलाई राहतका लागि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अभियान नै चलाएका छन् । तर बाटोको कारण त्यहाँको अवस्थासमेत थाहा नहुँदा अत्यासै लाग्ने गरेको समेत बताउँछन् उनी । “राहत लिएर जान बाटो नै छैन, त्यहाँ सम्पर्क समेत कोहीसँग हुन सकिरहेको छैन,” उनी भन्छन्, “पहल भइरहेको छ, बाटो सहज भएपछि राहत लिएर जानेछौँ ।”

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिए। “हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका महाङ्ककाल र बागमती गाउँपालिकामा हेलिकप्टरमार्फत राहत वितरण गरेका छौँ,” उनले भने, “स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ ।”

समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पिडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउँछन्, जनस्वास्थ्यविद् डा.समिर अधिकारी । “कतिजनाले खानापछि खाने औषधि प्रयोग गर्न सक्नुहुन्छ, खानै नपाए औषधि कसरी खाने ? सुत्केरी तथा बिरामीलाई अझै शरीरमा पौष्टिक तत्व नपुगेर असर परिरहेको हुनसक्छ”, उनी भन्छन्, “लामो समय खाली पेट बस्दा ग्यास्ट्रिक हुने, शरीर कमजोरी बन्दै जाने, रक्तचाप कम हुनेलगायतका समस्या आउने र मानिसको ज्यानै पनि जान सक्छ ।”

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरुको नैसर्गिक अधिकार हनन् हुने बताउँछन् । “समयमा नै राज्यले नागरिकलाई बचाउनका लागि राहत र उद्धार गर्नुपर्छ, बाँच्न पाउने हक नागरिकको मौलिक हक हो”, उनले भने, “कोही राहत नपाएर भोकै मर्नुपर्ने अवस्था नआओस् । यसतर्फ सरकार र नागरिक सबैले गम्भीर हुनुपर्छ ।”

प्रतिक्रिया

Sidhakura Investigation

कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||

  • कान्तिपुरका सञ्चालक कैलास सिरोहियाको नागरिकतामै कैफियत || Sidhakura Investigation ||
  • वीरगंज मेयरको किर्ते प्रकरणः प्रमाण नष्ट गर्न पञ्जिकरण अधिकारीलाई ५० लाख अफर....
  • १९ वर्षदेखि सरकारी तलब खाएर राजनीति गरिरहेका एमाले केन्द्रिय सदस्य अरविन्द सिंह....
  • प्रचण्डलाई घर, घरबेटीलाई वनमा क्रसर || Sidhakura Investigation || SIDHAKURA ||
  • पराराष्ट्रविद् भेषबहादुर थापाले हडपेको २ रोपनी बढी सरकारी जग्गामा निजी बङ्गला ||....
  • सिधाकुरा फलोअप : अवैध पार्किङबाट उठेको रकम जम्मा गर्ने सहकारीमा छापा मार्दा....
  • वीरगंजका मेयर सिंहको किर्ते प्रकरण :नागरिकता दिलाइएकी युवतिको जन्मदर्तामा पनि किर्ते ||....
  • बालेनले न्यूरोडको पार्किङ हटाउनुको कारण, बिद्यासुन्दरको पालामा भएको करोडौँ भ्र *ष्टाचार ||....
  • १७ औँ गभर्नर योग्यता विवाद–१ || Maha Prasad Adhikari Qualification Dispute ||....
  • नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? || SIDHAKURA....
  • EXCLUSIVE : नक्कली बाबु बनेर वीरगंजका मेयरले नै दिए नागरिकता || SIDHAKURA....
  • गणतन्त्रको दुरुपयोग, ८ बर्षमा ९ हजार अपरा धीलाई माफी || AAM MAAFI....
  • अनुसन्धानका कर्मचारी र न्यायाधीशले गराए गरिबको उठीबास || SIDHAKURA INVESTIGATION ||

The Reporter

सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....

  • सुगर ड्याडी केसः देउलाले डार्क वेबमा भिडियो बेचेको आशंका || SUGAR DADDY....
  • चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन....
  • आउनुहोस, घुमौँ धरहरा || कस्तो छ धरहरा ? || DHARAHARA VIDEO TOUR
  • MBBS ENTRANCE मा गम्भिर लापरवाही! विद्यार्थीको भविष्यमाथि खेलवाड || SIDHAKURA ||
  • आशिष देउलाबारे प्रहरी भन्छ, यस्तो अहिलेसम्म देखिएको थिएन || SUGAR DADDY CASE....
  • आशिष देउला प्रकरणः अर्की एक किशोरी सम्पर्कमा, यस्तो छ बयान || EP-05....
  • सावधान ! महिलाबाट inDrive चालक यसरी ठगिए || SIDHAKURA ||
  • फेसबुकमा आलोचना गर्दा मेयरले हाले 'साइबर क्रा_इम'को मुद्दा ! || SIDHAKURA ||
  • सहकारीको १५ करोड ठ_गीमा धनराजका सबै दाबी झुटो || Dhanraj Gurung ||....
  • पैसा नभएको चेक काट्थिन ज्योति, पैसा माग्दा पीडितलाई हप्काउँथे धनराज || SIDHAKURA....
  • बेल्जियममा चुनाव लड्दै नेपाली || Nepalese election candidates in Belgium || SIDHAKURA....
  • अस्ताए बिपीन
  • श्री केश तेललाई जरिवाना तिराएर पुग्दैन, उत्पादन र वितरण रोक्नुपर्छ | SIDHAKURA....
  • पाइप काट्ने कैँचीले गो*य अङ्ग का*न खोजे, अनी आइरनले डामे | SUGAR....
  • सहकारी को १५ करोड ठ*गीमा धनराज: नक्कली डिभोर्सदेखि नक्कली साधारणसभा ? ||....
  • सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी || SIDHAKURA ||
  • ‘श्री केश तेलको भ्रमपूर्ण प्रचारमा पूर्व राष्ट्रपति देखि प्रधानमन्त्री र कलाकारसमेत प्रयोग....
  • आशिष देउलाबाट या*ना भोगेका अर्का पीडितको बयान || SUGAR DADDY CASE ||....
  • मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भने, मैले बाँच्ने आशमा आइरन....
  • सुगर ड्याडीको नकाावभित्र लुकेको अ*क*ल्पनीय अ*प*राध ! || SUGAR DADDY CASE ||....
  • होसियार ! 'फेसबुकका साथिले भारतमा बेचिदिए' || SIDHAKURA ||
  • पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्रप्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?....
  • बेल्जियममा बढ्दो चोरी, नेपालीहरुको घर टार्गेटमा || SIDHAKURA ||
  • नाडा अटो शो २०२४ : यस्ता छन् सबैभन्दा सस्ता र महंगा गाडी....
  • श्रीमति र छोरी बचाउन बुद्धको संघर्ष : छोरीको उपचार गर्दागर्दै श्रीमतिको मृगौलामा....

Current Affairs

मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे....

  • मान्छे बेचेर राजनीतिमा आएको होइन,बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ: रवि लामिछाने
  • ‘रास्वपामाथि दुई तिहाइको रवैया देखाइयो, माफी नमागे प्रतिवाद हुन्छ ’ || SIDHAKURA....
  • रास्वपा पार्टी कार्यालयमा के भईरहेको छ ?
  • दुर्गा प्रसाईं पक्राउ || SIDHAKURA ||
  • अमेरिकामा बाख्रा पाल्ने नेपाली || SIDHAKURA ||
  • रास्वपा झन् उदाउदो गतिमा || SIDHAKURA ||
  • गगनलाई रविको जवाफ: प्रमाण छ भन्नेहरु पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको....
  • रास्वपा राष्ट्रिय भेलाबाट रवि लामिछाने LIVE
  • रविमाथि अनुसन्धान, अरुलाई चाहिँ उन्मुक्ति ? || SIDHAKURA ||
  • ७९ काे चुनाव निम्ता कार्ड थियाे ८४ काे चुनावमा देखाइदिन्छाैँ : रवि....
  • सबै शक्ति परिचालन गर्दा पनि रवि दाेषी देखिएनन् : शिशिर खनाल ||....
  • रवि निर्दोष भएपछि रास्वपा सांसद्हरुको प्रतिक्रिया || SIDHAKURA ||
  • निर्दोष भएपछि के भन्छन रवि लामिछाने ? || SIDHAKURA ||
  • सहकारीमा खाता, धितो, ऋणीदेखि सम्बन्ध बिच्छेद पनि फेक छन्ः संसदीय समिति संयोजक....
  • संसदीय छानबिन विशेष समितिको अन्तिम निष्कर्ष ‘सहकारी ठगीमा रवि लामिछाने निर्दोष’ ||....
  • 'सहकारीकाे रकम गाेरखा मिडियामा ल्याउने कार्यमा रवि लामिछानेको संलग्नता देखिएन' || SIDHAKURA....
  • प्रतिनिधिसभा बैठक LIVE
  • संसदमा हङ्गामा || SIDHAKURA ||
  • उपसभामुख इन्दिरा राना गलल व्यक्ति होइनन्, उनीप्रति गर्व छः रास्वपा || SIDHAKURA....
  • उपसभामुखलाई कारबाही गर्ने सोच्दै हुनुहुन्छ भने त्यो गल्ती हुन्छ, घातक हुन्छ :....
  • उपसभामुखलाई लक्षित गर्दै गोकुल बास्कोटा भने ‘म माथि प्रश्न उठ्दा मैले राजीनामा....
  • सहकारीको रकम ठगेको अरोपपछि धनराजले भने, ‘छानबिनका लागि तयार छु’ || SIDHAKURA....
  • नेतालाई गाली गरेको भिडियो शेयर गरेकै भरमा मुद्दा हालेपछि सोविता आक्रो*सित ||....
  • काँग्रेस र एमालेले सङ्ख्याका बलमा लोकतन्त्रमाथि धावा बोले सडकबाट प्रतिरोध हुन्छ :....
  • सहकारी ठगीमा कांग्रेसकै सांसद धनराज गुरुङविरुद्ध कांग्रेसले रोष्ट्रम घेराउ गर्छ गर्दैन ?गणेश....
Skip Advertisement
Advertisement X