काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमा दुई न्यायाधीशको राय फरक परेको छ । लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदावी सहित परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीले सुनवाई गरेका थिए ।
तर न्यायाधीशद्वयको राय बाझिएपछि उक्त मुद्दाले निचोड पाउन सकेन । न्यायाधीश सारंगा सुवेदीले गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने राय दिएकी छिन् भने सपना मल्ल प्रधानले गृहमन्त्रीविरुद्ध निष्पक्ष अनुसन्धान हुनुपर्ने राय राखेकी छिन् ।
दुई न्यायाधीशको राय बाझिएको अवस्थामा उनीहरुबाहेक अन्य तीन जना रहने पूर्ण इजलासमा मुद्दाको सुनुवाई गर्नुपर्ने हुन्छ ।
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्दा नचलेको पत्र दिएपछि अधिवक्ता अनुपम भट्टराईले कार्यालयले पत्र दिनु गैरकानुनी भएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।