जिल्ला अदालत काठमाडौँले कमेडियन अपूर्व क्षितिज सिंहले नेवार समूदायलाई होच्याउने विषयवस्तु प्रसारण गरेको भन्दै १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
आइतबार न्यायाधीश कपिलमणि गौतमको इजलासले उनलाई दोषी करार गर्दै १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । क्षितिजले
उनलाई मुलुकी अपराध संहिताको दफा १६५ अन्तर्गत सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुरमा दोषी करार गर्दै १० हजार जरिवाना गरिएको हो।
युट्युबमा कमेडी सर्कल नामक कमेडी शो संचालन गर्दै आएका क्षितिजले नेवार समूदायलाई आघात पार्ने विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि २०७९ असोजमा पक्राउ परेका थिए । ‘नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको चौतर्फी विरोध भएपछि उनले उक्त भिडियो हटाएर माफी समेत मागेका थिए ।
जिल्ला अदालतमा थुनछेक बहसपछि उदालतले उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।