नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले दिएको आदेशबमोजिम धरौटी बुझाएका ४ जनालाई अदालत लगिएको छ ।
शुक्रबार उच्च अदालत पाटनले उक्त प्रकरणमा ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जसमध्ये आइतबार नै धरौटी बुझाएका नरेन्द्र केसी, हरिभक्त महर्जन, शम्शेर मिया र आशिष बुढाथोकीलाई तारेखका लागि अदालत लगिएको हो।
आइतबार नै अदालतमा धरौटी बुझाएका उनीहरुलाई तारेखका लागि उपस्थित गराउन अदालतले आइतबार नै पत्र पठाएको थियो।
उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा गएकामध्ये नरेन्द्र केसी र शमशेर मियाँसँग १०/१० लाख तथा टेकनाथ रिजाल र हरिभक्त महर्जनसँग १५/१५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो भने सन्दीप रायमाझीलाई ३० लाख र रामशरण केसीलाई १५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।