काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा मंगलबार पनि जारी छ ।
आज बिहान ८ बजेदेखि ९ बजेसम्म केन्द्रीय समितिको बैठक बस्ने भनिएपनि १० बजेसम्म सुरु भएको छैन । अहिले संसदीय दलको बैठक बसिरहेको छ ।
आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्दै छन् भने प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
सभापति लामिछानेको प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने र त्यसपछि महाधिवेशन प्रक्रियाबारे छलफल हुने रास्वपाका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । साथै आजै साँझ ६: ३० देखि नीति विचार प्रतिनिधिमण्डलको बैठक बस्नेछ ।