काठमाडाैँ । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका छन् । पार्टी बैठकमा भएको झगडा र कुटाकुटलाई लिएर पत्रकारहरुसँग उक्त गुनासो गरेका हुन् ।
पार्टी र अन्य विवादका कारणले आफूले ३ महिनायता खाना नखाएको बताउँदै भावुक मुद्रामा उनले भने, ‘ मैले ३ महिनादेखि खाना खाएको छैन, कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के खान्छु । आत्महत्या गर्ने परिस्थितिसम्म पुगिसकेँ । ’
त्यस्तै उनले पार्टीको निर्णय कसैले नमान्ने, सबैलाई पद चाहिने बताउँदै त्यस्ता पार्टी सदस्यलाई आगामी बैठकबाट कारबाही गरिने बताए । ‘केही कोही पनि मान्दैनन् । केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन्, पार्टी कसले चलाइरहेको छ ? पदको लोभ बढी भयो । अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ’, उनी भन्छन् ।
त्यस्तै आफूहरुको पार्टीलाई सरकारबाट पनि हस्तक्षेप भएको उनले आरोप लगाएका छन् ।