काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन सूर भएको छ । सहकारी ठगीको बहानामा रवि लामिछानेमाथि राजनीति प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपाका नेता कार्यकर्ता सहित समर्थकहरु प्रदर्शनमा जुटेका छन् । प्रदर्शनका लागि पोखराको मानवअधिकार चोकमा मानिसहरु जम्मा भैरहेका छन् । साथै सहकारी ठगीमा प्रत्यक्ष जोडिएका नेपाली कांग्रेस र एमालेका नेताहरुलाई पक्राउ माग गर्दै नाराबाजी समेत गरेका छन् । भर्खरै सूरु भएको प्रदर्शन प्रहरी कार्यालयसम्म पुग्ने जनाइएको छ ।
रास्वपाले पोखरा सहित काठमाडौँ, चीतवन तथा देशका मुख्य ठाउँहरुमा प्रदर्शन गर्ने जनाएको छ । साथै विभिन्न जिल्ला विहानैबाट लामिछाने पक्राउको विरोधमा प्रदर्शन भैरहेका छन् । पोखरामा प्रहरीले निकै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
काठमाडौँमा भने दिउसो १ बजेबाट प्रदर्शन हुने रास्वपाका नेताहरुले जनाएका छन् । शुक्रबार पक्राउ गरि पोखरा लैजाने क्रममा राजमार्गका विभिन्न ठाउँमा ठुुलो सख्यामा उपस्थित भएका समर्थकहरुले रवि लामिछानेको पक्षमा नाराबाजी गरेका थिए ।
मुग्लीन बजारमा प्रदर्शनमा उत्रिएका समर्थकहरुलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो । अहिले सामाजिक संजालमा समेत रवि लामिछानेप्रति सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध भैरहेको छ ।
-
* * * Snag Your Free Gift: https://ideaspace.xyz/uploads/pr8mhx.php?87ttak * * * hs=eb2d5be0bccaaf2b7eb666ba116c4ef0* 1 months agoj6t1xh
-
* * * <a href="https://ideaspace.xyz/uploads/pr8mhx.php?87ttak">Claim Free iPhone 15</a> * * * hs=eb2d5be0bccaaf2b7eb666ba116c4ef0* 1 months agobc4u76