११ असाेज. काठमाडाैँ : त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्नमध्येका एक फरार अभियुक्त सयुस श्रेष्ठ पक्राउ परेका छन् ।
पाटन उच्च अदालतको आदेश २ वर्षअघिदेखि अवज्ञा गर्दै फरार भएका सयुस श्रेष्ठलाई प्रहरीले रातोपुलबाट पक्राउ गरेको छ । झापा गौरादह घर भएका श्रेष्ठलाई महानगरीय प्रहरी परिसरको टोलीले बिहिबार पक्राउ गरेको हो।
अदालतले उनीसहित अन्य ६ जनालाई जनही पाँच लाख धरौटी र एक लाख अन्तरिम क्षतिपूर्तिको आदेश दिएको थियो । जहाँ उनीसहित अर्का एक जना फरार रहेका थिए ।