काठमाडौँ । सरकारले इजरायलमा मारिएका ६ जना नेपालीको शव घर पुऱ्याउँदा लागेको खर्च व्यहोर्ने भएको छ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन ।
मन्त्रिपरिषद्को निर्णय जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी दिएकी हुन् । गृह मन्त्रालयको प्रस्तावमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म शव पुऱ्याउँदा लागेको २८ लाखभन्दा बढी रकम भुक्तानी दिने निर्णय भएको उनले जानकारी दिइन ।