
इलाम । कानुनको अवज्ञा गर्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले इलामको एक सामुदायिक विद्यालयमा चुनावी भाषण गरेका छन् ।
विद्यालयमा राजनीतिक कार्यक्रम गर्न नपाइने कानुनी प्रावधान भएता पनि त्यसलाई लत्याउँदै धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङ ले माङसेबुङ गाउँपालिका वडा नम्बर-५ भालुटारमा रहेको सरस्वती माविमा राजनैतिक भाषण गरी मतदातासँग भोट मागेका हुन् ।
आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूलाई विजयी गराउन उनले सो विद्यालयमा पुगेर भोट मागेका हुन् ।
साम्पाङ प्रमुख अतिथि रहेको चुनावी सभामा एक दर्जन भन्दा धेरै नेता कार्यकर्ताले सम्बाेधन गरेका थिए ।