काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा काठमाडौंको रवि लामिछानेका समर्थकहरुले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगी नाममा सरकारले लामिछानेमाथि राजनीतिक प्रतिशोधका साँधेको भन्दै विरोध गरेका छन् ।
ठूलो संख्यामा उपस्थित समर्थकहरुले सहकारीमा प्रत्यक्ष संलग्न कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सांसद तथा लेखा समिति सभापति ऋषीकेश पोखरेललाई सरकारले संरक्षण गरेको भन्दै सरकार र प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले रवि लामिछानेको पक्षमा नडराउ रवि दाइ जनता तिम्रो साथमा छ जस्ता नारा लगाएका थिए ।