काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको राजनीतिक प्रतिशोधविरुद्ध ७ मिनेट घण्टी बजाउने भएको छ । पार्टीले आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेकाे तर वर्तमान सरकार भने राजनीतिक प्रतिशोध साँध्न व्यस्त रहेको बताउँदै साँझ ७ बजे घण्टी बजाउने भएको हो ।
पार्टीले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै सरकारको कदमको खबरदारी गर्न सबैलाई आवह्न गरेको छ । ‘आम निर्वाचनमा मत परिवर्तनबाट मुलुकको रूपान्तरणको सुरुवात भएको दुई वर्ष पुगेको छ। भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोध विरुद्ध आज साँझ ७ बजे आफ्नो घरमा र सम्भव हुने टोलमा चोकमा जम्मा भई सात मिनेट खबरदारी घन्टी बजाउन सबैमा अनुरोध गर्दछौँ ।’, फेसबुकमा लेखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको र हिरासतमा राखेको बताउँदै विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।