काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आफूहरु सरकारमा काम गर्नका लागि सूची बोकेर आएको बताएका छन् ।
बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका उनले फेसबुकमा एक स्टाटस लेख्दै आफूहरु काम गर्नका लागि ‘चेकलिस्ट बोकेर आएको’ र ती चेकलिस्टमा कुनै पनि कम्प्रोमाइज नहुने बताएका छन् । ‘‘चेक लिस्ट’ सहित आएका छौँ । ‘कम्प्रोमाइज’ हुन्न। केही समय ‘होम वर्क’ मा रहनेछौँ।’’, लामिछानेले लेखेका छन् ।
काँग्रेससहितको गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनाएर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको रास्वपाले उपप्रधान गथा गृह मन्त्रालयसहित शिक्षा, श्रम र खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको छ ।