नेपाल एअरलाइन्स डुबाउन लागेको भन्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले कार्यकारी प्रमुख युवराज अधिकारीको बर्खास्तीको माग राख्दै धर्ना दिएका छन् ।
त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ जोगाउन नसकेको, निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजको नियमित मर्मततर्फ ध्यान नदिएको, ज्यालादारी र करारका कर्मचारी मनोमानी नियुक्ति गरी स्थायी योग्य र कुशल कर्मचारीको मनोबल गिराउने काम गरेको भन्दै उनीहरुले गेटमै ब्यानटर टाँसेर आन्दोलन सुरु गरेका छन् ।
उनीहरुले करोडौँ मूल्य पर्ने जहाजका पार्टपूर्जा वेवारिसे बनाएको लगायत ९ वटा कारण देखाएर आन्दोलन सुरु गरेका हुन् ।