१४ असोज, काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई हाजिरि जमानिमा छोडिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौले पक्राउ परेको दिन देखि आज मध्यरातसम्मका लागि मात्रै म्याद दिएको थियो ।
रिहा भएपछि अनमोल केसी निजि कारमा घर फर्कीएका छन् ।
फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् ।
अनमोल केसीलाई अदालतले थुनामा राख्न दिएको म्याद आजै सकिदै, हिरासतमुक्त हुने सम्भावना