आपराधिक विश्वासघात’को आरोपमा शुक्रबार साँझ पक्राउ परेका अभिनेता अनमोल केसीलाई आजसम्म मात्रै हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत काठमाडौंले केसीविरुद्ध शुक्रबारबाट गन्ति हुने गरि ३ दिन म्याद थप गर्न अनुमति दिएको हो ।
अदालतको आदेश अनुसार केसीलाई थुनामा राख्ने म्याद आज राति १२ बजेसम्म मात्रै रहेको छ । प्रहरीले चाहेको खण्डमा उनलाई आजै हिरासतमुक्त गर्न सक्ने छ ।
तर प्रहरीले अनुसन्धानका लागि थप हिरासतमा राख्नुपर्ने भएमा सोमबार पुन अदालतमा उपस्थित गराउनु पर्ने छ ।
शुक्रबार साँगाबाट पक्राउ परेका केसी हिरासतमा भने बसेका छैनन् । उनको स्वास्थ्यमा समस्या आएको दाबी गर्दै प्रहरीलेनै राति १ बजे चिरायु अस्पतालको ५०१ नम्बर क्याबिनमा भर्ना गरेको छ ।
उनि माथि ‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएका थिए ।