काठमाडाैँ । केटु हिमाल पाकिस्तानको गिलगित बाल्टिस्तान क्षेत्रमा पर्छ । यो विश्वको दोस्रो उच्च हिमशिखर हो। यसको उचाइ ८,६११ मिटर (२८,२५१ फिट) छ । नेपालको सगरमाथा पछिको यो दोस्रो अग्लो हिमाल हो । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा पर्ने यो हिमाल पाकिस्तानको गिलगित बाल्टिस्तान र चीनको शिनजियाङ प्रान्तको सिमानामा अवस्थित छ।
आरोहण अति कठिन र खतरनाक भएका कारण केटु हिमाललाई हत्यारा पर्वत पनि भनिन्छ। मौसमको तीव्र परिवर्तन, ठाडो भिरालो र प्राविधिक कठिनाइका कारण केटू आरोहणमा मृत्यु दर उच्च छ। केटु हिमालको पहिलो सफल आरोहण ३१ जुलाई, १९५४ मा इटालियन पर्वतारोहीहरू लिनो लासेदेली र अचिले कम्पाग्नोनीले गरेका थिए ।
२०७७ माघ ३ मा नेपालमा १० जना पर्वतारोहीले हिउँदे मौसममा केटु हिमालको ऐतिहासिक आरोहण ग¥यो । ४५ पटकको असफल विन्टर समिटलाई चिर्दै किर्तिमानी नेपालका आरोहीहरूले केटुलाई चुमे । माइनस ६५ डिग्री सेल्सियसको जटिल मौसममा आरोहण गरेका उनै १० किर्तिमानी आरोही मध्येका एक थिए, मिङ्मा ग्याबु शेर्पा ।
पटक-पटक गरेर ६ पटक आराेहण गरिसकेका उनीसँग केटु आरोहणको त्यही आरोह अवरोहबारे सिधाकुराका लागि विष्णु प्रसाद ढुंगानाले गरेको सम्वाद यहाँ प्रस्तुत गरेका छौँ ।