काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ । उक्त आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित भएको छन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता भएका छन् ।
यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् भने विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ ।
दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव र समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी भएका छन् ।